स्थानीय

सहिद सप्ताह २०८१ अन्तर्गत विभिन्न कार्यक्रमहरूको आयोजना हुँदै

हेटौंडा, माघ ११– सहिद स्मारक विकास समितिद्वारा आयोजित  सहिद सप्ताह २०८१ कार्यक्रम माघ १० (हिजो) बाट सुरु भएको छ। यस कार्यक्रमको औपचारिक शुभारम्भ राष्ट्रिय झण्डोत्तोलन गरेर गरिएको थियो। यस वर्षको सहिद सप्ताहको मुख्य उद्देश्य सहिदहरूको त्याग र बलिदानको सम्मान गर्नु र यो ऐतिहासिक धरोहरलाई जनसमुदाय बीचमा अझ प्रभावकारी रूपमा...

हेटौंडा ३ नं वडा माघ १३ गते बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ ले माघ १३ गते आइतबार निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष ढलकबहादुर थापाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ सुचक मध्ये ४९ वटा सुचक सत्प्रतिशत,...

युवा संगठन नेपाल मकवानपुरले जिल्ला प्रशासन कार्यलय मकवानपुरमा बुझाइयाे ज्ञापनपत्र

मकवानपुर । युवा संगठन नेपाल मकवानपुरले जिल्ला प्रशासन कार्यलय मकवानपुरमा हस्ताक्षर सहित ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच भएको तीन बुँदे सहमति कार्यन्वयनका लागि दबाब स्वरुप माग ७ र ८ गते संगठनले संकलन गरेको हस्ताक्षर बुझाएको हो । युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा मकवानपुरका...

अखिल समाजवादी मकवानपुर पदाधिकारीको पहिलो बैठक सम्पन्न

हेटौंडा । अखिल समाजवादी मकवानपुर पदाधिकारीको पहिलो बैठक सम्पन्न भएको छ । आगामी चैत्र ५ गते हुन लागेको स्ववियुको निर्वाचनकाे लागि बैठकले आवश्यक तयारी गर्ने निर्णय गरेको छ । बैठकले विगतमा निर्वाचन भैरहेको क्याम्पस र पछि थपिएका क्याम्पस अनुसार जिम्मेवारी बाँडफाँड गरेको छ । मकवानपुरका स्ववियु हुने र हुन...

बसोबास कागजको म्याद सकिन लागेसँगै त्रासमा वनकरिया समुदाय

हेटौंडा । करिब तीन दशक अघिसम्म जङ्गलमा फिरन्ते जीवन बिताइरहेका वनकरिया समुदाय हाल खोलाको तिरमा बसाेबास गर्दै आएका छन । सरकारले २०६२ साल चैत्र २८ गते कबुलियती वनको ९ हेक्टर जमिन २० वर्ष बसोबास गर्न पाउने गरी कागज गरेर वनकरियालाई उपलब्ध गराएको थियो। २०८२ साल चैत २८ गते उक्त...

ढुङ्गेगढीले पायो वर्षौंपछि पिउने पानी

हेटौंडा । मकवानपुरगढी गाउँपालिकाको एक यस्तो स्थान जहाँका मानिसहरु खनेपानीकै लागी घण्टाै खर्चिन्थे । त्यो ठाउँ हो मकवानपुरगढी गाउँपालिकाको ढुङ्गेगढी । पानीको एक एक थोपाकालागि तर्सिनुपर्ने अवस्थामा रहेका यहाँका बासिन्दाहरूलाई एक गाग्री पानीको लागि लामो यात्रा तय गर्नुपर्ने बाध्यता थियो । एक गाग्रो पानी बोक्नको लागि घण्टाैको यात्रा गर्नुपर्ने...

युवा संगठन नेपाल मकवानपुरद्वारा हस्ताक्षर अभियान सञ्चालन

हेटौंडा । युवा संगठन नेपाल मकवानपुरले नेकपा र राज्यबीच भएको तीन बुँदे सहमति कार्यन्वयनका लागि हस्ताक्षर अभियान सञ्चालन गरेको छ । सहमति भएको चार वर्ष बितिसक्दा पनि राज्यको तर्फबाट गर्नुपर्ने बुँदागत कार्यन्वयन नगरेको भन्दै नेकपा निकट युवा संगठनले दबाब स्वरुप हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको हो । युवा संगठन...

वनकरिया समुदायसँग अन्तरसम्वाद : समस्याहरू समाधानका लागि सांसदहरूको प्रतिवद्धता

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मुसेधापमा स्थित वनकरिया समुदायसँग अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ । स्थानीय वनकरियाले आफ्ना समस्याहरू सांसदहरूको सामु राख्दै भूमि अधिकार, रोजगारी र सामाजिक सुरक्षा जस्ता मुद्दामा ध्यानाकर्षण गरेका छन्। । कार्यक्रम मकवानपुरगढी सञ्चार प्रा.लि. हेटौंडा २ को आयोजनामा, नर्बेजियन दुतावास काठमाण्डौं र संयुक्त...

मृत्युसँग नडराउनेहरु सँधै बाँच्छन : नेकपाका प्रवक्ता प्रकाण्ड सी

हेटौंडा । मृत्युुसँग नडराने मान्छेहरु सधैं बाँच्छने गरेकाे नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको नेकपाका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले बताएका छन् । हेटौंडामा बसेको बैठकलाई ऊर्जावान बनाएर आगामी योजना सत प्रतिशत लागू गराउने उद्देश्यका साथ प्रवक्ता प्रकाण्ड सीले यस्तो बताएका हुन् । पार्टी केन्द्रको निर्णय अनुसार निवर्तमान जिल्ला...

हेटौडामा ट्याक्टरको ठक्करले मोटरसाइकल चालक घाइते

हेटौडाको राप्ती पुल नजिकै बुद्धचोकबाट थाना भर्याङतर्फ गइरहेको ना ४३ प ५८५४ नम्बरको बजाज पल्सर २२० मोटरसाइकललाई खोला तर्फबाट रोडमा निक्लने क्रममा एक ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन्। ट्याक्टरको ठक्करले घाइते भएका चालकलाई तुरुन्तै हेटौडा अस्पतालमा उपचारका लागि लगिएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको...