युवा संगठन नेपाल मकवानपुरद्वारा हस्ताक्षर अभियान सञ्चालन

हेटौंडा । युवा संगठन नेपाल मकवानपुरले नेकपा र राज्यबीच भएको तीन बुँदे सहमति कार्यन्वयनका लागि हस्ताक्षर अभियान सञ्चालन गरेको छ । सहमति भएको चार वर्ष बितिसक्दा पनि राज्यको तर्फबाट गर्नुपर्ने बुँदागत कार्यन्वयन नगरेको भन्दै नेकपा निकट युवा संगठनले दबाब स्वरुप हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको हो ।
युवा संगठन नेपालले देशैभरी नागरिक हस्ताक्षर अभियान सञ्चालन गरेको छ । संगठनकाे केन्द्रीय निर्णय अनुसार मकवानपुरमा पनि आजबाट नागरिक हस्ताक्षर अभियान सञ्चालन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी र केपि ओलि नेतृत्वको नेपाल सरकार बीच मिति २०७७ फागुन २१ मा भएको तीन बुँदे सहमती कार्यान्वयन गराउन युवा संगठन नेपाल मकवानपुरले पनि नागरिक हस्ताक्षर अभियान सुरु गरेको हो ।
अभियान सञ्चालनकाे उद्घाटन नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज राम सीले हस्ताक्षर गरि गरेको हो । त्यस्तै पार्टीका केन्द्रिय सदस्य आरोह सी, जिल्ला सेक्रेटरी पेमा सी सहित अन्य नेताकार्यकर्ता र जनताले हस्ताक्षर गरेका छन् ।
आज सुरु गरेको हस्ताक्षर अभियान भोलि पनि सन्चालन गर्ने भनी युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज रमेश सीले बताएका छन् ।