अखिल समाजवादी मकवानपुर पदाधिकारीको पहिलो बैठक सम्पन्न

हेटौंडा । अखिल समाजवादी मकवानपुर पदाधिकारीको पहिलो बैठक सम्पन्न भएको छ । आगामी चैत्र ५ गते हुन लागेको स्ववियुको निर्वाचनकाे लागि बैठकले आवश्यक तयारी गर्ने निर्णय गरेको छ ।
बैठकले विगतमा निर्वाचन भैरहेको क्याम्पस र पछि थपिएका क्याम्पस अनुसार जिम्मेवारी बाँडफाँड गरेको छ । मकवानपुरका स्ववियु हुने र हुन सक्ने क्याम्पसहरुमा संगठनका केन्द्रिय सदस्य तथा जिल्लाका पदाधिकारीलाई पठाउने उक्त बैठकले निर्णय गरेको हाे।
बैठका नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज राम सीले विगतमा निर्वाचित स्ववियुले गरेको काम कारबाहीको समीक्षा गर्दै अब आगामी दिनमा स्ववियुले निभाउनुपर्ने भूमिका सहित आम विद्यार्थीको प्रतिनिधित्व गर्दै स्ववियुमा आफ्नो जित निश्चित गराउन अखिल (समाजवादी) लाग्नुपर्ने बताएका छन् । त्यस्तै उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको घट्दो क्रम र वैदेशिक रोजगार र अध्ययनका लागि विदेशिने बढ्दो क्रमलाई मध्यनजर गर्दै शैक्षिक कार्यक्रम बनाएर लागू गर्न गराउन विद्यार्थी संगठन र स्ववियु लाग्नुपर्ने बताएका छन् ।
बैठकमा नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला सेक्रेटरी पेमा सी र अखिल (समाजवादी) का केन्द्रिय सचीव तथा मधेस-नारायणी इन्चार्ज अटल सी लगायतकाे उपस्थित रहेकाे थियाे ।