स्थानीय

समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाई प्रेस चौतारी मकवानपुरमा प्रवेश

हेटौंडा । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाई प्रेस चौतारी मकवानपुरमा प्रवेश गर्नु भएको छ । प्रेस चौतारी मकवानपुरको नवौ जिल्ला अधिवेशनमा समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष शिवप्रसाद चौलागाईंसहित सिङ्गो जिल्ला कमिटी प्रेस चौतारी नेपालमा समाहित भएको हो । अध्यक्ष चौलागाईसहितका नेताहरूलाई नेकपा एमालेका...

प्रेस चाैतारी मकवानपुरकाे नवाैं अधिवेशन सुरु

हेटौंडा । प्रेस चाैतारी मकवानपुरकाे नवाैं अधिवेशन सुरु भएकाे छ । प्रेस चाैतारी मकवानपुरकाे नवाैं अधिवेशन गैर सरकारी संस्था महासंघ मकवानपुरको सभाहलमा दिउँसो ४:२५ बजेबाट सुरु भएकाे हाे । आज भएकाे अधिवेशनमा नेकपा एमालेका सचिव योगेश कुमार भट्टराई हेटौंडा आउनु भएकाे छ। प्रेस चौतारी नेपाल मकवानपुरको हेटौंडामा भईरहेकाे नवौँ...

प्रेस चौतारी मकवानपुरको नवौँ अधिवेशन आज हुदैं

हेटौंडा । प्रेस चौतारी मकवानपुरको नवौँ अधिवेशन आज हुने भएको छ । अधिवेशन गैर सरकारी संस्था महासंघ मकवानपुरको सभाहलमा दिउँसो ३ बजे हुन लागेको हो । आज हुने अधिवेशनमा नेकपा एमालेका सचिव योगेश कुमार भट्टराई हेटौंडा आउने भएका छन्। प्रेस चौतारी नेपाल मकवानपुरको हेटौंडामा हुन लागेको नवौँ अधिवेशनमा प्रमुख...

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै

हेटौँडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । वर्षे अधिवेशन सकिएको लामो समयपछी हिउँदे अधिवेशन सुरु हुन लागेको हो । अधिवेशनको पहिलो बैठक बिहान ११ बजे बस्ने भएको हो । बिहीबार साँझ बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले दलगत रूपमा नेताहरूले शुभकामना सन्देश र प्रदेश प्रमुख...

मकवानपुर आउदैँ एमालेका सचिव योगेश भट्टराई

हेटौंडा । नेकपा एमालेका सचिव योगेश कुमार भट्टराई यही माघ १९ गते शनिबार मकवानपुर आउने भएका छन्। भट्टराई प्रेस चौतारी नेपाल मकवानपुरको नवौँ अधिवेशनको उद्घाटन गर्न मकवानपुर आउन लागेका हुन्। प्रेस चौतारी नेपाल मकवानपुरको हेटौंडामा हुन लागेकाे नवौँ अधिवेशनमा प्रमुख आतिथ्यताको रुपमा भट्टराई मकवानपुर आउन लागेको प्रेस चौतारी नेपाल...

सहिद दिवसका अवसरमा सहिदहरूको योगदानको कदर, राष्ट्रिय एकता र लोकतन्त्रको स्थायीत्वको आह्वान

हेटौंडा । बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले सहिदहरूको योगदानको उचित कदर गर्दै मुलुकको गणतान्त्रिक प्रजातन्त्रको भविष्यलाई सुरक्षित र सशक्त बनाउन सबैलाई सहिदहरूको संघर्ष र बलिदानको महत्व बुझ्न आवश्यक रहेको बताउनु भएको छ । आज हेटौंडा ११ सहिद स्मारकममा आयोजित सहिद दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै सहिदहरूले राष्ट्रको स्वतन्त्रता र प्रजातन्त्रको...

बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाद्वारा शहीदहरु प्रति श्रद्धाञ्जली व्यक्त

हेटौंडा  । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शहीद दिवस २०८१ को अवसरमा शहीदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । प्रदेश प्रमुख देवकोटाले बुधबार शहीद दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्नुहुँदै शहीदहरुको योगदानलाई उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो । इतिहासका विभिन्न कालखण्डमा देशको निम्ति आफ्नो...

आज शहीद दिवस मनाइँदै

हेटौंडा  । प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना अनि विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन अर्पण गरेका शहीदको सम्झनामा आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । २००७ सालपछि हरेक वर्ष माघ १६ गतेलाई शहीद दिवसका रुपमा मनाउने गरिएको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह...

सञ्चारिका समूह मकवानपुरको तेस्रो अधिवेशनबाट गुरुङको नेतृत्वमा १५ सदस्यीय  कार्यसमिति  चयन

  हेटौंडा । सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा निशा गुरुङ चयन भएका छन् । समूहको मंगलबार हेटौंडामा भएको तेस्रो अधिवेशनबाट गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । यस्तै, समूहको उपाध्यक्षमा जमुना थिङ, महासचिवमा मञ्जु मैनाली, सचिवमा अम्बिका बस्नेत, कोषाध्यक्षमा अन्जना न्यासुर चयन भएका छन् ।...

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाद्वारा सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । आईतबार १३ गते गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायले मनाउने पर्व सोनाम ल्होसारकाे अवसरमा यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय  गरेकाे जानकारी दिएका...