संवाददाता
२०८१ माघ १४, सोमबार १६:४०

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाद्वारा सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ ।

आईतबार १३ गते गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायले मनाउने पर्व सोनाम ल्होसारकाे अवसरमा यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय  गरेकाे जानकारी दिएका छन्।

मञ्जुश्री सम्वत् २८६१ डुल लो–सर्व वर्ष ल्हो सोनाम ल्होसारको अवसरमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तिय संस्थामा तीन दिन बिदा हुने भएकाे  छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*