मकवानपुर आउदैँ एमालेका सचिव योगेश भट्टराई

संवाददाता
२०८१ माघ १७, बिहीबार २१:२५

हेटौंडा । नेकपा एमालेका सचिव योगेश कुमार भट्टराई यही माघ १९ गते शनिबार मकवानपुर आउने भएका छन्। भट्टराई प्रेस चौतारी नेपाल मकवानपुरको नवौँ अधिवेशनको उद्घाटन गर्न मकवानपुर आउन लागेका हुन्।

प्रेस चौतारी नेपाल मकवानपुरको हेटौंडामा हुन लागेकाे नवौँ अधिवेशनमा प्रमुख आतिथ्यताको रुपमा भट्टराई मकवानपुर आउन लागेको प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले बताउनु भयाे।अधिवेशन गैर सरकारी संस्था महासंघ मकवानपुरको सभाहलमा हुने भएको छ ।

शनिबार हुने अधिवेशनले प्रेस चौतारी मकवानपुरको नयाँ कार्यसमिति चयन गर्नेछ। बिहीबार (आज) बसेको प्रेस चौतारी मकवानपुरको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि सदस्यहरुलाई जिम्मेवारी दिदै विभिन्न विभाग तोकिएको अध्यक्ष अधिकारीले बताएका छन् । प्रेस चाैतारी मकवानपुरकाे नवौँ अधिवेशनकाे सम्पूर्ण तयारी पुरा भएकाे अध्यक्ष अधिकारीले जनाएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*