बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै

संवाददाता
२०८१ माघ १८, शुक्रबार ०९:५६

हेटौँडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । वर्षे अधिवेशन सकिएको लामो समयपछी हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।

अधिवेशनको पहिलो बैठक बिहान ११ बजे बस्ने भएको हो । बिहीबार साँझ बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले दलगत रूपमा नेताहरूले शुभकामना सन्देश र प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरूको बारेमा जानकारी गराउने कार्यसूची निर्धारण गरेको छ ।

बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले प्रदेशसभाको पन्ध्रौँ अधिवेशन आह्वान गरेका हुन् ।

बागमती प्रदेशसभामा ४ विधेयकहरू दर्ता भएका छन् । प्रदेश सरकारले हाल ४ वटा विभिन्न संशोधन विधेयक दर्ता गराएको हो ।

प्रदेशसभा सचिवालयका अनुसार यस अधिवेशन बैठकबाट पारित गर्नेगरी ४ वटा संशोधन विधेयक दर्ता भएको गरिएको हो । प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताका अनुसार प्रदेशसभाको आगामी अधिवेशनमा पेस हुनेगरी प्रदेश खेलकुद ऐन संशोधन विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको हो ।

यसैगरी बागमती प्रदेशसभाको सातौ वार्षिकोत्सव पनि आजै छ । वार्षिक उत्सवको सबै तयारी गरिएको छ । प्रदेशसभाको बैठक र बार्षिकोत्सबलाई एकै दिन बस्नेगरी तयारी गरिएको हो । बार्षिकोत्सबको बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले उद्घाटन् गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*