बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाद्वारा शहीदहरु प्रति श्रद्धाञ्जली व्यक्त

संवाददाता
२०८१ माघ १६, बुधबार ०९:२१

हेटौंडा  । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शहीद दिवस २०८१ को अवसरमा शहीदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । प्रदेश प्रमुख देवकोटाले बुधबार शहीद दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्नुहुँदै शहीदहरुको योगदानलाई उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो ।

इतिहासका विभिन्न कालखण्डमा देशको निम्ति आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात शहीदहरूप्रति उहाँले श्रद्धाञ्जली अर्पण गर्नु भएको हो ।

शहीदहरूको बलिदानको मर्मलाई बुझी समृद्ध नेपालको साझा सपना साकार पार्न जिम्मेवारी पूर्वक आ आफ्ना कर्तव्य पालन गर्नमा सबैलाई प्रेरणा मिलोस भन्ने कामना गर्नुभएको छ ।

आजको यो महत्वपूर्ण दिनमा सम्पूर्ण राजनैतिक दल र आम नागरिक गम्भीर भई आत्मसमीक्षा गरेर देशको हीतलाई सर्वोपरी राखी अघि बढेमा मात्र शहीदप्रति वास्तविक सम्मान हुनेछ विज्ञाप्तीमा भनिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको यो उत्कृष्ट व्यवस्था तिनै महामानवका बलिदानको उपज भएको उहाँले उल्लेख गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*