वनकरिया समुदायसँग अन्तरसम्वाद : समस्याहरू समाधानका लागि सांसदहरूको प्रतिवद्धता

संवाददाता
२०८१ माघ ४, शुक्रबार १३:०१

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मुसेधापमा स्थित वनकरिया समुदायसँग अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ । स्थानीय वनकरियाले आफ्ना समस्याहरू सांसदहरूको सामु राख्दै भूमि अधिकार, रोजगारी र सामाजिक सुरक्षा जस्ता मुद्दामा ध्यानाकर्षण गरेका छन्। ।

कार्यक्रम मकवानपुरगढी सञ्चार प्रा.लि. हेटौंडा २ को आयोजनामा, नर्बेजियन दुतावास काठमाण्डौं र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा गरिएको थियो । बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, पूर्व मन्त्री कुमारी मुक्तान, प्रदेशसभा सदस्य समिता खड्गी, सुना परियार र गिरबहादुर तामाङले विशेष आतिथ्यतामा बार्यक्रम सम्पन्न भएको थियो ।

वनकरिया समुदायका सदस्यहरूले २०६२ सालमा प्राप्त कबुलियती वनको जग्गामा बसोबास गर्ने अधिकार पाएपनि अझै आफ्नो नाममा लालपुर्र्जा नपाएको भन्दै प्रश्न गरेका छन्। यसका साथै, रोजगारी, शिक्षा र स्वास्थ्यको क्षेत्रमै सुधार ल्याउन आवश्यक रहेको उनीहरूको भनाइ छ । वनकरिया समुदायका नेता सन्तोषी वनकरियाले आफूहरूलाई २० वर्षका लागि प्राप्त कागजको समय २०८२ बैशाखमा सकिने भएकाले भविष्यमा के हुने भन्ने चिन्ता व्यक्त गरिन्।

सम्बोधन गर्दै सांसदहरूले वनकरियाको भूमि अधिकार र शिक्षा, स्वास्थ्यको क्षेत्रको सुधारका लागि निरन्तर काम गर्ने प्रतिवद्धता जनाए। बागमती प्रदेशका उद्योग समितिका सभापति आनन्द कुमार श्रेष्ठले भूमि अधिकारका समस्यामा कानुनी परिमार्जन आवश्यक रहेको उल्लेख गरे भने, कुमारी मुक्तानले वनकरियाका बालबालिकाको उच्च शिक्षा सुनिश्चित गर्नका लागि पहल गर्ने प्रतिवद्धता जनाइन्। ।

कार्यक्रममा उपस्थित महिला र युवाले समुदायको अधिकार प्राप्तिका लागि अबको समयको महत्त्वपूर्ण कदम उठाउनुपर्नेमा जोड दिए। यूएनडीपीका डा.फ्रान्सिन पिकअपले सांसदहरूको प्रत्यक्ष सहभागितालाई सकारात्मक कदम मान्दै, समस्याहरूको समाधानका लागि सरकार र स्थानीय निकायसँग सहकार्य गर्ने कुरा दोहोर्याइन्। ।

वनकरिया समुदायको भूमि अधिकार र अन्य सामाजिक अधिकारका लागि संसद र अन्य सरकारका निकायहरूबीच छलफल र समन्वयको आवश्यकता रहेको सबैले स्वीकारेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*