ढुङ्गेगढीले पायो वर्षौंपछि पिउने पानी

अम्बिका बस्नेत
२०८१ माघ ७, सोमबार १७:४९

हेटौंडा । मकवानपुरगढी गाउँपालिकाको एक यस्तो स्थान जहाँका मानिसहरु खनेपानीकै लागी घण्टाै खर्चिन्थे । त्यो ठाउँ हो मकवानपुरगढी गाउँपालिकाको ढुङ्गेगढी । पानीको एक एक थोपाकालागि तर्सिनुपर्ने अवस्थामा रहेका यहाँका बासिन्दाहरूलाई एक गाग्री पानीको लागि लामो यात्रा तय गर्नुपर्ने बाध्यता थियो । एक गाग्रो पानी बोक्नको लागि घण्टाैको यात्रा गर्नुपर्ने बाध्यताले ग्रामिण तथा विपन्न समुदायको दैनिकी कष्ठकर बन्ने गरेको थियो ।

तर अहिले प्रदेश सरकार र स्थानीय सरकारको पहलमा ढुङ्गेगढीमा पानीको अभाव अन्त्य भएको छ। यहाँका स्थानीय बासिन्दा, जो वर्षौंदेखि पानीको लागि घण्टौंको यात्रा तय गर्दै आएका थिए, अब आकाशे पानी संकलन गर्ने ‘घ्याम्पो’ र पानी ट्याङ्की जस्ता संरचनाहरूको सहयोगमा ठूलो राहत महसुस गर्दै छन्।

एक एनजिओको मद्दतले यहाँ ५,५०० लिटर पानी जम्मा गर्न सक्ने घ्याम्पो निर्माण गरिदिएको थियो। जसमा आकाशे पानी सङ्कलन गरिन्थ्यो। , जसले गर्दा पानीको अभावलाई कम गरेको थियो । तर तीन महिना मात्र परेको पानी घ्याम्पोमा जम्मा गरेर खाँदा अपुग रहने हुँदा यहाँ पानीको समस्या भने यथावतनै रहेको थियो।

तर अहिले स्थानीय सरकार र प्रदेश सरकारको पहलमा एक वर्षदेखि एक लाख लिटर क्षमताको पानी ट्याङ्की र धारा निर्माण गरिएको छ, जसले पिउनसम्म पानी नपाउने काकाकुल ढुङ्गेगढीलाई सिचाइ, पशुचौपाय र दैनिक जीवनका अन्य कार्यहरूलाई सहज बनाएको छ। यस सुधारका कारण यहाँका किसानहरूले अब पिउने पानी सहजै प्रशस्त पाइरहेका छन् । त्यति मात्र नभई सिचाइका लागि पनि केही राहत पाएको स्थानीय बताउँछन्।

ढुङ्गेगढीका स्थानीयहरूले अहिले पानीको थोरै आपूर्तिले पनि ठूलो राहत महसुस गर्दै छन्। यससँगै, यहाँको जीवनस्तरमा सुधार आएको छ । कृषक र पशुपालकहरूलाई ठूलो फाइदा पुगेको छ । तर दिगो रूपमा पानी आपूर्ति गर्ने व्यवस्था मिलाउन नसक्दा केही असहज भइरहेको स्थानीयहरू बताउँछन् ।

ढुङ्गेगढीमा भएको पानी आपूर्ति प्रणालीको सुधारले यहाँका बासिन्दाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ, जसले भविष्यमा कृषिमा प्रगति र समृद्धि सुनिश्चित गर्ने आसा गर्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*