हेटौडामा ट्याक्टरको ठक्करले मोटरसाइकल चालक घाइते

संवाददाता
२०८१ पुष २९, सोमबार १९:३२

हेटौडाको राप्ती पुल नजिकै बुद्धचोकबाट थाना भर्याङतर्फ गइरहेको ना ४३ प ५८५४ नम्बरको बजाज पल्सर २२० मोटरसाइकललाई खोला तर्फबाट रोडमा निक्लने क्रममा एक ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन्।

ट्याक्टरको ठक्करले घाइते भएका चालकलाई तुरुन्तै हेटौडा अस्पतालमा उपचारका लागि लगिएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

घटनाको कारण र ट्याक्टर चालकको बारेमा थप अनुसन्धान भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*