स्थानीय
हेटौंडा ५ मा गैंडाको खाग तस्कर पक्राउ, हवाई फायर गरियो
हेटौंडा । चितवन राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृतको नेतृत्वमा खटिएको एक टोलीले हेटौंडा-५ स्थित गर्दोई र हेटौंडा-८ को सिमानाबाट गैंडाको खाग तस्करलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक, विश्वराज खड्काले जानकारी अनुसार गैंडाको खागसहित एक जनालाई पक्राउ गरिएको बताउनु भयो। विशेष सुराकीका आधारमा सेनाको ७/८ जनाको...
ऐतिहासिक चुरियामाई सुरुङमार्ग हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण
हेटौंडा । हेटौंडामा स्थित ऐतिहासिक चुरियामाई सुरुङमार्ग आजदेखि पुनः सञ्चालनमा आएको छ। ८ महिनाअघि सुरु गरिएको जीर्णोद्धार कार्य अब सम्पन्न भएको छ । बागमती प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकालाई उक्त सुरुङ पर्यटकिय गन्तव्यको रूपमा हस्तान्तरण गरेको हो। सुरुङमार्गको पुनर्निर्माणमा ३ करोड ६५ लाख रुपैयाँको लगानी गरिएको छ।यस सुरुङमार्गको निर्माण १९१७...
मकवानपुरगढी वडा नम्बर ५ ले जित्याे ९ ए साइड फुटबलको उपाधि
हेटौंडा । धादिङ मिनी रङ्गशालामा भएकाे मकवानपुरगढी गाउँपालिका ९ ए साइड प्रथम रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नं ५ ले जितेकाे छ। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ ले वडा नम्बर २ लाई ३-० गोलान्तरले पराजित गरेकाे हाे । वडा नम्बर ५ काे लागि पहिलाे हाफकाे ४ मिनेटमा विपिन...
मकवानपुरगढी ९ ए साइड फुटबल फाइनलमा वडा ५ र २ भिड्दै
मकवानपुरगढी । धादिङ मिनी रङ्गशालामा चलिरहेको मकवानपुरगढी गाउँपालिका ९ ए साइड प्रथम रनिङ सिल्ड फुटबल प्रतियोगिता अन्तर्गत आज (पुस २ गते) फाइनल खेल हुँदैछ। उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ, जसमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर २ बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता मकवानपुरगढी गाउँपालिका खेलकुद विकास...
एमाले हेटौंडा उपमहानगर कमिटीको अध्यक्षमा बाेल बहादुर कार्की विजयी
हेटौंडा । आज भएकाे नेपाल कम्युनिस्ट पार्टी (एमाले) हेटौंडा उपमहानगर कमिटीको दोस्रो नगर अधिवेशनमा अध्यक्ष पदमा बाेल बहादुर कार्की विजयी हुनु भएकाे छ । अर्का अध्यक्ष पदका उम्मेदवार जनरल श्रेष्ठ (जेन)लाई ४३ मतले पछि पार्दै कार्की विजयी हुनु भएकाे हाे । कार्कीकाे अध्यक्षतामा ८१ जना कार्य समिति सदस्य सर्वसम्मत...
अब आत्मसमीक्षा गरेर मात्र नेतृत्वमा आउनुपर्छ : प्रथम मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा नेकपा एमालेका नेता डोरमणि पौडेलले कार्यकर्ताहरूलाई आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको हेटौडा उपमहानगरपालिका कमिटी दोस्रो पालिका अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। गत निर्वाचनमा एउटा पालिकामा जम्मा दुईजनाले जित्नु र उपमहानगरमा पनि आफूहरूले हार बेहोर्नु राम्रो...
पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित
हेटौंडा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा अधिकारीले ४५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । अधिकारले निकटतम् प्रतिद्वन्द्वी अञ्जली थापालाई ९ मतले गराएका हुन् । प्रतिद्वन्द्वी थापाले ३६ मत प्राप्त गरेका छन् । साथै अध्यक्ष पदका उम्मेद्वार...
कृषिमन्त्री अधिकारीद्धारा बकैया औद्योगिक ग्रामको अवलोकन
बकैया । नेपाल सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री रामनाथ अधिकारीले बकैया गाउँपालिकाले सञ्चालनमा ल्याएको औद्योगिक ग्रामको अवलोकन गर्नुभएको छ । मन्त्री अधिकारीले बिहिबार बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको निमन्त्रणामा औद्योगिक ग्रामको अवलोकन गर्नुभएको हो । गाउँपालिकाका अध्यक्ष लामिछानेले मन्त्री अधिकारीलाई औद्योगिक ग्रामको बारेमा जानकारी गराउनु भएको थियो ।...
नेपाल र चीनबीच आठ बुँदे सहमतिपत्रमा हस्ताक्षर व्यापार र प्राविधिक सहकार्यको शुरुवात
नेपाल र चीनले आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन एक महत्त्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच दुई दिने द्विपक्षीय वार्ता पछि आठ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो। यो सहमति पत्र व्यापार, प्राविधिक सहयोग, सांस्कृतिक आदानप्रदान लगायतका विभिन्न महत्त्वपूर्ण क्षेत्रमा आपसी...
डा. स्वर्णिम वाग्लेले जलविद्युत क्षेत्रमा रिफर्मको आवश्यकता औंल्याए
राष्ट्रिय स्वतन्त्र पार्टीका उप–सभापति डा. स्वर्णिम वाग्लले नेपालमा जलविद्युत उत्पादनका लागि लगानीकर्तालाई सहज प्रक्रिया उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्। उहाँले जलविद्युत क्षेत्रमा ठूलो सम्भावना भएपनि लगानीका लागि ठूला जोखिमको सामना गर्नुपर्ने अवस्था रहेको बताउँदै, सरकारले प्रक्रिया र नीति सुधारमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। डा. वाग्लले ४३ मेगावटको जलविद्युत आयोजना...










