अब आत्मसमीक्षा गरेर मात्र नेतृत्वमा आउनुपर्छ : प्रथम मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा नेकपा एमालेका नेता डोरमणि पौडेलले कार्यकर्ताहरूलाई आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको हेटौडा उपमहानगरपालिका कमिटी दोस्रो पालिका अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
गत निर्वाचनमा एउटा पालिकामा जम्मा दुईजनाले जित्नु र उपमहानगरमा पनि आफूहरूले हार बेहोर्नु राम्रो संकेत नभएको भन्दै कार्यकर्ताहरुले आत्मसमीक्षा गरेर मात्र नेतृत्वमा आउनुपर्ने बताउनुभएको छ। नेतृत्वमा को जान्छ र जाँदैन भन्ने भन्दा पनि गल्ती र कमी कमजोरीहरूलाई कसरी सच्याएर र सचिएर अघि बढ्ने भन्ने कुरामा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।