हेटौंडा ५ मा गैंडाको खाग तस्कर पक्राउ, हवाई फायर गरियो

संवाददाता
२०८१ पुष ११, बिहीबार १५:३३

हेटौंडा । चितवन राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृतको नेतृत्वमा खटिएको एक टोलीले हेटौंडा-५ स्थित गर्दोई र हेटौंडा-८ को सिमानाबाट गैंडाको खाग तस्करलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक, विश्वराज खड्काले जानकारी अनुसार गैंडाको खागसहित एक जनालाई पक्राउ गरिएको बताउनु भयो।

विशेष सुराकीका आधारमा सेनाको ७/८ जनाको टोली दुई वटा भ्यानमा हेटौंडा आएका थिए। तस्कर भाग्न खोज्दै गर्दा टोलीले रोक्नका लागि राउण्ड हवाई फायर गरेको बताइएको छ।

निकुञ्जका वार्डेन गणेश पन्तले यस घटनाबारे थप जानकारी निकुञ्जमार्फत दिने बताएका छन् र पक्राउ परेका तस्करलाई हेटौंडा ल्याएर विस्तृत विवरण सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिनु भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*