पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित

संवाददाता
२०८१ मंसिर २९, शनिबार ०९:३८

हेटौंडा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा अधिकारीले ४५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।  अधिकारले निकटतम् प्रतिद्वन्द्वी अञ्जली थापालाई ९ मतले गराएका हुन्  । प्रतिद्वन्द्वी थापाले ३६ मत प्राप्त गरेका छन् ।

साथै अध्यक्ष पदका उम्मेद्वार पोष्टराज अधिकारीले २० मत प्राप्त गर्दा अध्यक्षका अर्का आकांक्षी सुरेश श्रेष्ठले ३ मत मात्रै प्राप्त  गरेका छन् । महासंघको उपाध्यक्षमा ५५ मत प्राप्त गर्दै ध्रुव अधिकारी निर्वाचित हुनुभएको छ भने भने उहाँका निकटतम प्रतिद्न्दी गणेश अधिकारी ४९ मतसहित पराजित भएका हुन। महिला उपाध्यक्षतर्फ भावना रिजाल ५५ मतसहित निर्वाचित हुँदा अर्का निकटतम प्रतिद्न्दी प्रतिक्षा न्यौपाने ४४ मत प्राप्त गर्दै पराजित भएकाे छ ।

महासंघको सचिवमा केशव सुवेदी निर्वाचित हुनुभएको छ । इन्द्रप्रसाद बञ्जारालाई हराउँदै केशव सुवेदी महासंघका सचिवमा निर्वाचित हुनुभएको हो । सुवेदीले ७३ मत प्राप्त गर्दा बञ्जाराले ३३ मत मात्र प्राप्त गर्नुभयो । कोषाध्यक्षमा प्रदीप अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले ५२ मत प्राप्त गर्दै विजयी हुनुहुँदा एमपी शर्माले ५१ मत प्राप्त गर्नुभयो । यस्तै सहसचिवमा शिव प्रसाद चौलागाईं निर्वाचित हुनुभएको छ ।

सहसचिवमा निर्वाचित चौलागाईले ६५ मत प्राप्त गर्दा अर्का आकांक्षी विश्वराम अधिकारीले ३९ मत मात्र प्राप्त गर्नुभयो । समावेशी सहसचिवमा रुपा गुरुङलाई हराउँदै सन्नु रिजाल निर्वाचित हुनुभएको छ । रिजालले ५८ मत पाउँदा गुरुङले ४० मत मात्र प्राप्त गर्नुभयो । निर्वाचन कार्यक्रम अन्तर्गत कूल ११७ जना मध्ये १०७ जनाले मात्र मतदान गरेका थिए ।

यस्तै महिला सदस्यमा स्मिता अर्जेल ४८ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । जनजाति सदस्यतर्फ सानुमाया गुरुङ ४९ मतसहित निर्वाचित हुनुभयो । खुला सदस्यमा सरोज पौडेल (६५ मत), रविन ढुंगाना (५९ मत), श्रीराम अर्जुन दहाल (५७ मत), श्यामलाल दुलाल (५३ मत), सुमन दाहाल (५२ मत), अनिल पराजुली (५१) र कृष्णा विष्ट (५० मत) विजयी हुनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*