कृषिमन्त्री अधिकारीद्धारा बकैया औद्योगिक ग्रामको अवलोकन

संवाददाता
२०८१ मंसिर २७, बिहीबार १६:१९

बकैया । नेपाल सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री रामनाथ अधिकारीले बकैया गाउँपालिकाले सञ्चालनमा ल्याएको औद्योगिक ग्रामको अवलोकन गर्नुभएको छ । मन्त्री अधिकारीले बिहिबार बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको निमन्त्रणामा औद्योगिक ग्रामको अवलोकन गर्नुभएको हो ।

गाउँपालिकाका अध्यक्ष लामिछानेले मन्त्री अधिकारीलाई औद्योगिक ग्रामको बारेमा जानकारी गराउनु भएको थियो । अवलोकनको क्रममा मन्त्री अधिकारीले गाउँपालिकाले उद्योग सञ्चालनमा ल्याएर कृषकको लागि राम्रो कार्य गरेको बताउँदै औद्योगिक ग्रामको लागि आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री अधिकारीले औद्योगिक ग्रामको अवलोकनका क्रममा यस्ता कार्य अन्य स्थानिय तहले पनि गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

बकैया गाउँपालिकाको ७ विगाह जग्गाको क्षेत्रफलमा ५ करोडको लगानिमा गाईभैँसीको दाना र साइलेज उत्पादन उद्योग सञ्चालनमा ल्याएको छ । उद्योगले गत साउनबाट गाई भैसीको लागि सन्तुलीत दाना उत्पादन पुणर् रुपमा गर्न लागेको छ । उद्योगले हाल सम्म ५० टन दाना उत्पादन गरेको छ । उक्त उद्योगबाट उत्पादन भएको दाना पालिका भित्रका कृषक, दुग्ध उत्पादक सहकारीहरुलाई बिक्री गर्ने गरिएकाको छ ।

उद्योगले हालसम्म ६५ टन साइलेज उत्पादन गरेको छ । कृषि मन्त्री अधिकारीको क्रममा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्री, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*