ऐतिहासिक चुरियामाई सुरुङमार्ग हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण
हेटौंडा । हेटौंडामा स्थित ऐतिहासिक चुरियामाई सुरुङमार्ग आजदेखि पुनः सञ्चालनमा आएको छ। ८ महिनाअघि सुरु गरिएको जीर्णोद्धार कार्य अब सम्पन्न भएको छ । बागमती प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकालाई उक्त सुरुङ पर्यटकिय गन्तव्यको रूपमा हस्तान्तरण गरेको हो। सुरुङमार्गको पुनर्निर्माणमा ३ करोड ६५ लाख रुपैयाँको लगानी गरिएको छ।यस सुरुङमार्गको निर्माण १९१७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा गरिएको थियो। सुरुङ २२५ मिटर लामो छ र २.५ मीटर चौडाइ तथा ३ मीटर उचाइ रहेको छ। यो सुरुङ एक शताब्दी पुरानो भए पनि हालैको जीर्णोद्धार कार्यपछि यसको संरचना मजबुत र सुरक्षित भएको छ।अब सुरुङमार्ग अवलोकन गर्न आउने नेपाली नागरिकलाई ५० रुपैयाँ र विदेशीलाई १२० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। ५ वर्ष मुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकलाई निःशुल्क प्रवेश दिने व्यवस्था गरिएको छ। सुरुङ मार्गको दुवै प्रवेशद्वारमा लाइटिङ जडान गरिएको छ र यसका अर्धकदको मूर्तिहरू पनि राखिएका छन्।सुरुङ मार्गको पुनर्निर्माणसँगै यसलाई पर्यटकिय आकर्षणको रूपमा विकसित गर्ने उद्देश्य राखिएको छ।