एमाले हेटौंडा उपमहानगर कमिटीको अध्यक्षमा बाेल बहादुर कार्की विजयी
हेटौंडा । आज भएकाे नेपाल कम्युनिस्ट पार्टी (एमाले) हेटौंडा उपमहानगर कमिटीको दोस्रो नगर अधिवेशनमा अध्यक्ष पदमा बाेल बहादुर कार्की विजयी हुनु भएकाे छ । अर्का अध्यक्ष पदका उम्मेदवार जनरल श्रेष्ठ (जेन)लाई ४३ मतले पछि पार्दै कार्की विजयी हुनु भएकाे हाे ।
कार्कीकाे अध्यक्षतामा ८१ जना कार्य समिति सदस्य सर्वसम्मत चयन भएका छन् । कार्किले १७६ मत प्राप्त गरेका हुन् । उनका प्रतिष्पर्धी जेन श्रेष्ठले कुल १३३ मत प्राप्त गर्दै पराजीत भएका हुन् ।
गत शनिबार उद्घाटन समारोह आयोजना गरिएको अधिवेशनमा हेटौंडा उपमहानगर कमिटीका लागि १६ जनाले उम्मेदवारी दिएका थिए । यसैगरी उपाध्यक्षमा राजकुमार बास्तोला १४३ मत प्राप्त गरी विजय भएका छन् । उनका निकटतम प्रतिष्पर्धी धनबहादुर मुक्तानले ७४ र इन्द्रप्रसाद खतिवडा ६८ मत प्राप्त गरे । यस्तै सचिव पदमा शान्ता गौतम ( प्रदिप ) १९७ मत प्राप्त विजय हुँदा प्रतिष्पर्धी प्रकाश बाँनिया ८७ मत प्राप्त गरे ।
यसैगरी नगर कमिटि उप सचिवमा शान्ता कुमार तामाङ ७४ मतका साथ विजय हुँदा उक्त पदका उम्मेदवार सुरेश मिजारले ६७ मत, कवि रेग्मीले ४१ मत, शिवबहादुर थापाले ३९ मत, भिमप्रसाद तिमल्सिनाले ३४ मत र अर्जुन प्रसाद अर्यालले ३१ मत प्राप्त गरेका छन् । यस्तै महिला उप सचिव पदमा चन्द्रावती पनेरु अधिकारी १४६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी रन्जिता सिलवालले ७९ मत प्राप्त गरिन् भने अर्का उम्मेदवार जुना दंगालले ६९ मत प्राप्त गरेकी छिन् ।
मंसिर २९ गतेदेखि भएको एमाले हेटौंडाको नगर अधिवेशनमा नेतृत्व चयनका लागि मतदान भएको हाे । सोमबारकाे मतदानले २१ सदस्यीय हेटौंडा उपमहानगर कमिटी चयन गर्नेछ । नगरका ३३४ प्रतिनिधि मध्ये ३२७ जनाले मतदान गरे । ७ जना प्रतिनिधिले मतदानमा सभागिता जनाएनन् ।अध्यक्ष पदमा २ सहित पदाधीकारीमा १६ जनाकाे उम्मेदावरी कायम भएकाे थियाे । हेटौंडा उपमहानगरपालिका -५ सानोपोखरा पुष्लालस्थित नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरको पार्टी कार्यालयमा भइरहेको निर्वाचनमा ३३४ मतदाता रहेका छन्। जस मध्य ३२७ जनाले मतदान गरेका छन् ।