डा. स्वर्णिम वाग्लेले जलविद्युत क्षेत्रमा रिफर्मको आवश्यकता औंल्याए

संवाददाता
२०८१ मंसिर १८, मंगलवार १४:३२

राष्ट्रिय स्वतन्त्र पार्टीका उप–सभापति डा. स्वर्णिम वाग्लले नेपालमा जलविद्युत उत्पादनका लागि लगानीकर्तालाई सहज प्रक्रिया उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्। उहाँले जलविद्युत क्षेत्रमा ठूलो सम्भावना भएपनि लगानीका लागि ठूला जोखिमको सामना गर्नुपर्ने अवस्था रहेको बताउँदै, सरकारले प्रक्रिया र नीति सुधारमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

डा. वाग्लले ४३ मेगावटको जलविद्युत आयोजना निर्माणको लागि ७ मन्त्रालय, २४ विभाग र ४५ प्रक्रियाहरु पूरा गर्नुपर्ने जटिल प्रक्रियाका बारेमा जानकारी दिए। यस अवस्थालाई सुधार्न सरकारको ध्यान आकर्षित गर्दै, अनावश्यक प्रक्रिया र नीतिगत समस्याहरु खारेज गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताएका छन्।

उहाँले जलविद्युत क्षेत्रको द्रुत विकास र उत्पादन वृद्धिका लागि रिफर्मको आवश्यकता रहेको स्पष्ट पार्दै, संसदमा भएका विधेयकका छलफलहरु प्रायः कर्मकाण्डी ढंगले भइरहेको र स्वार्थ समूहका दबाबमा विधेयकमा संशोधन हुने गरेको आरोप लगाएका छन्। विशेष गरी, सहकारी ऐन र जलविद्युतसम्बन्धी ऐनका बारेमा यथार्थ छलफल नगरी मात्र प्रक्रियागत सुधार नहुँदा क्षेत्रको विकासमा अवरोध भएको उहाँको भनाइ थियो।

डा. वाग्लले जलविद्युत क्षेत्रमा भएको जटिलता र सरकारी नीतिहरुको प्रभावकारी कार्यान्वयनमा सुधार ल्याउनुपर्नेमा जोड दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*