मकवानपुरगढी वडा नम्बर ५ ले जित्याे ९ ए साइड फुटबलको उपाधि
हेटौंडा । धादिङ मिनी रङ्गशालामा भएकाे मकवानपुरगढी गाउँपालिका ९ ए साइड प्रथम रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नं ५ ले जितेकाे छ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ ले वडा नम्बर २ लाई ३-० गोलान्तरले पराजित गरेकाे हाे ।
वडा नम्बर ५ काे लागि पहिलाे हाफकाे ४ मिनेटमा विपिन भण्डारीले गाेल गर्दै अग्रता दिलाएका थिए , भने दाेस्राे हाफमा सुरेन्द्र नेपाली र विशाल स्याङ्तानले १ /१ गाेल गरेका हुन् । खेलको समन्वय श्री नब जागृत क्लब मकवानपुरगढी-५ द्वारा गरिएकाे हाे।सोमबार भएको सेमिफाइनलमा मकवानपुरगढि गाउँपालिका वडा नम्बर २ ले वडा नम्बर ३ लाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। त्यसैगरी, वडा नम्बर ५ ले वडा नम्बर ७ लाई १-० गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो।
गत मङ्सिर २७ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ वटा टिमले सहभागीता जनाएका थिए । फाइनल विजेता वडा नम्बर ५ ले ८० हजार नगद, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ। उपविजेता वडा नम्बर २ ले ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।प्रतियोगिताको समापन कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले,मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान ,मकवानपुर कांग्रेसका सभापति बुद्ध लामा लगायतकाको आतिथ्यता रहेको थियो। प्रतियोगिता मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा र गाउँपालिकाको प्रायोजनमा सम्पन्न भएकाे हो।