मृत्युसँग नडराउनेहरु सँधै बाँच्छन : नेकपाका प्रवक्ता प्रकाण्ड सी

संवाददाता
२०८१ माघ १, मंगलवार १५:५८

हेटौंडा । मृत्युुसँग नडराने मान्छेहरु सधैं बाँच्छने गरेकाे नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको नेकपाका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले बताएका छन् । हेटौंडामा बसेको बैठकलाई ऊर्जावान बनाएर आगामी योजना सत प्रतिशत लागू गराउने उद्देश्यका साथ प्रवक्ता प्रकाण्ड सीले यस्तो बताएका हुन् ।

पार्टी केन्द्रको निर्णय अनुसार निवर्तमान जिल्ला सेक्रेटरी सुर्य सीलाई कार्यलय सदस्य रहने गरि बिदाई गरेको छ ।साथै उत्पादन विभाग मनहरी शाखा प्रमुख तथा मनहरी गाउँपालीकाका इन्चार्ज मिङमार सीलाई जिल्ला सेक्रेटरीको रुपमा स्वागत गरेको छ । दुबैजनालाई प्रवक्ता प्रकाण्ड सी र इन्चार्ज राम सी सहित जिल्लाका नेताकार्यकर्ताले स्वागत तथा बिदाई गरेका हुन् ।

बैठकमा उठेका विषयवस्तुको प्रतिउत्तर दिँदै प्रमुख अतिथी प्रकाण्ड सीले बैठकलाई प्रशिक्षित गरेका छन् । प्रशिक्षणको क्रममा जो मान्छे मर्नदेखी डराउँछ ऊ चाँडै मर्ने र जो मान्छे क्रान्तिको लागि मर्न तयार हुन्छ ऊ धेरै एवम् सधैं बाच्ने बताएका छन् । साथै रगत र सुखको बलिदान गर्ने मान्छे कहिल्यै हार्दैन भन्दै दीर्घकालीन सुख प्राप्तिका लागि क्षणिक सुख सएललाई त्याग गर्नुपर्ने बताए । त्यस्तै केन्द्रिय सदस्य राम सी र आरोह सीले पनि बैठकलाई प्रशिक्षित गरेका छन् ।

सोमबार बसेको बैठकले पछिल्लो राजनीतिक परिस्थिति र जनताको आवस्यकतालाई मध्यनजर गर्दै नेकपा मकवानपुरले महत्त्वपूर्ण निर्णय गरेको छ । जस अन्तर्गत उत्पादनलाई निरन्तरता दिने, उत्पादित वस्तुको बजार व्यवस्थापनमा जोड दिने, भ्रष्टाचार अध्ययन तथा नियन्त्रण समिती बनाएर भ्रष्टाचारको अन्त्य गर्ने अभियान चलाउने, ग्रामीण भेगमा बिकास निर्माणको कामलाई जोड दिने निर्णय गरेको छ । त्यस्तै नमूना कार्यको रुपमा सहिद स्मृति प्रतिष्ठान नेपालको निर्माणाधीन भवन पूर्ण रुपमा निर्माण गर्ने, हेटौंडामा जनमास प्रदर्शनको तयारी गर्ने, प्रशिक्षण तथा अन्तरक्रिया सन्चालन गर्ने, आगामी ०८४ को निर्वाचनलाई क्रान्तिको एउटा मोर्चाको रुपमा प्रयोग गरेर जाने र त्यसको लागि आवश्यक तयारी गर्ने निर्णय बैठकमा गरिएको छ ।

साथै बैठकले मनहरी गाउँपालिकाको इन्चार्जमा गुण सी र सेक्रेटरीमा सुर्य बहादुर सी, हेटौंडा उपमहानगरपालिकाको इन्चार्जमा विवेक सी र सेक्रेटरीमा मोहन सी, कैलाश गापा इन्चार्जमा बिजय सी नियुक्त गरेको छ भने अन्य पालिकाको यथावत रहने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*