मकवानपुर बहुमुखी क्याम्पस अगाडि मोटरसाईकल दुर्घटना, दुई घाइते

संवाददाता
२०८१ पुष १९, शुक्रबार १५:५१

हेटौंडा । हेटौंडा उपमहानगरपालिका-२ स्थित मकवानपुर बहुमुखी क्याम्पस अगाडि आज दिउँसो करिब २ः३० बजे एक सरकारी मोटरसाईकल र एक निजी स्कुटर एक आपसमा ठोकिएको छ । दुर्घटनामा दुबै सवारी साधनका चालक घाइते भएका छन्।

मानसचोकबाट मनकामना चोक तर्फ जादैं गरेको बागमती प्रदेश ०३(००५प ६५२६ नम्बरको टिभियस कम्पनिको वेगो स्कुटर र मनकामनाचोकबाट मानसचोक तर्फ जादैं गरेको बजाज कम्पनिको डिस्कबर ना १ ब ३३८० नम्बरको सरकारी मोटरसाईकल एक अर्कासँग ठोक्किएका हुन्। ।

प्रारम्भिक जानकारी अनुसार, दुर्घटनाको कारण स्पष्ट नभएको बताइएको छ, तर दुबै सवारी साधनका चालकलाई गम्भीर चोटपटक लागेको छ । दुर्घटनामा घाइते भएका दुवै चालकलाई तत्काल हेटौंडा अस्पतालमा पुर्याइएको छ । चिकित्सकहरूले उनीहरूको उपचार सुरु गरेका छन् र उनका अवस्था बारेमा थप जानकारी प्राप्त गर्न बाँकी रहेको छ ।

प्रहरीका अनुसार दुर्घटनाको कारणको बारेमा अनुसन्धान जारी राखिएको छ । थप विवरण बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*