बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि सुरु हुदैं

संवाददाता
२०८१ पुष २८, आईतवार २०:३९

हेटौंडा । बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि  हुने भएकाे छ  । बागमती –४ झुरझुरे स्थित  पालिकाको लगानीमा निर्मित शहिदस्मृती रंगशालाको उद्घाटनसंगै सातौ संस्करणको बागमती गोल्डकप राष्टिय फुटबल प्रतियोगिता २०८१ आगामी फागुनमा हुन लागेकाे हाे ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद”,भने नाराकाे साथ बागमती गोल्डकप राष्टिय फुटबल प्रतियोगिता हुन लागेकाे हाे । बागमती गाउँपालिका खेलकुद विकास समितिले गाउँपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराएको हो ।

प्रतियोगिता फागुन १ गतेदेखि १० गतेसम्म हुने भएकाे छ ।  यस अघिका संस्करण जनता मावि फापरबारीको खेल मैदानमा हुदै आएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले नगद १० लाख र दोस्रो हुने टिमले ५ लाख रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङले जानकारी दिनुभयो ।

प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई दश हजार रुपैंयासहित प्रदान गरिने खेलकुद विकाससमिति सदस्य सचिव प्रमोद राईले बताउनुभएको छ । प्रतियोगितामा ए डिभिजन ७, मोफसलका ३ सहित १० टिमको सहभागिता रहने बताइएको छ । प्रतियोगिता सन्चालकको लागि ७४ लाख ७३ हजार रुपैंया खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाको ३० लाख सहयोग रहेको छ ।

फुटबल खेलको प्रवद्धनका लागि पालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सन्चालनमा ल्याउने तयारी गरेको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो । अध्यक्ष घलानले ब्यबसायिक खेलाडी उत्पादन गर्नको लागि पालिकाले विगतका वर्ष देखि प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्दै आएको स्पष्ट पार्नुभयो । यस अघिको छैटौ संस्करणको उपाधी मछेन्द्र युथ क्लव काठमाडौले जितेको थियो ।

पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर घर्ती, लेखा अधिकृत झम्क नारायण घलान, मकवानपुर जिल्ला फुटबल संघ कार्यवाहक अध्यक्ष अरुण बल वडा अध्यक्षहरु, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*