मकवानपुरमा ठूलो परिमाणमा लागूऔषध सहित तीन जना पक्राउ

संवाददाता
२०८१ पुष २८, आईतवार १४:४६

मकवानपुर प्रहरीले ठूलो परिमाणमा चरेश, अफिम र गाँजासहित तीन जना व्यक्तिलाई पक्राउ गरेको छ। एकै रातमा भएका यी तीनवटा गिरफ्तारीहरूले प्रहरीको लागूऔषध नियन्त्रण अभियानलाई महत्वपूर्ण सफलता दिएको छ ।

गएराति प्रहरीले दुई भारतीय नागरिकलाई २१ किलो ४६० ग्राम चरेश र ३ किलो ४७० ग्राम अफिमसहित पक्राउ गरेको छ । यी दुई भारतीय नागरिकहरूमा २५ वर्षीय कुनाल गोथ्वाल र २० वर्षीय मनिस कुमारका रहेका छन् । उनीहरूलाई विशेष सुचनाका आधारमा मकवानपुरको थाहा नगरपालिका–११ स्थित त्रिभुवन राजपथ सडकखण्डबाट पक्राउ गरिएको हो ।

यसैबीच, अर्को कार्यवाहीमा, प्रहरीले १ सय १ किलो गाँजासहित २० वर्षीय राजन रारुत कुर्मीलाई पक्राउ गरेको छ । उनी गाँजा वीरगञ्जबाट हेटौंडा ल्याइरहेको अवस्थामा रंगेहात समातिएका छन्। प्रहरी टोलीले रातोमाटे प्रहरी चौकीबाट खटिएको थियो र २० वर्षीय राजनलाई डिएल १३ सी १५६१ भारतीय नम्बरको कारबाट गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*