संसदीय प्रणाली भित्र दलहरूको भूमिका प्रमुख हुन्छ : सभामुख घिमिरे

काठमाडौँ। सभामुख देवराज घिमिरेले संसदीय प्रणाली भित्र दलहरूको भूमिका प्रमुख हुने बताउनुभएको छ। आईतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय व्यवस्थामा दलहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो।
सभामुख घिमिरेले भन्नुभयो,दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भूमिका सर्वप्रथम माथि रहन्छ। दलहरू नै यस व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने र यसको प्रवद्र्धन गर्ने काममा अग्रणी हुनेछन्। उहाँले थप्नुभयो, राजनीतिक दलहरू आफैँ जनतालाई सही दिशामा लैजने र जनताको अभिमतलाई ठिक ढंगबाट अभिव्यक्त गर्ने माध्यम हुन्।
यसको साथै, सभामुख घिमिरेले लोकतान्त्रिक विधिअनुसार नबनेका राजनीतिक दलहरूका बारेमा प्रश्न उठ्नु स्वाभाविक रहेको बताउनुभयो। उहाँले भने,यदि कुनै दल लोकतान्त्रिक विधिअनुसार बनेको छैन र त्यसका प्रणालीहरू लोकतान्त्रिक छैन भने, त्यसको कामकाजमा प्रश्न उठ्नु स्वाभाविक हो।
सभामुखले जनतामा सूचनाको हकको अधिकार सुनिश्चित गर्नका लागि सबैलाई आफ्नो-आफ्नो ठाउँबाट पहल गर्नुपर्ने आवश्यकता रहेको पनि औंल्याउनुभयो।