बस्तिपुर-मनहरी जेसिजकाे १४ औं साधारण सभा तथा शाखा अधिवेशनबाट ७ जना बोर्ड मेम्बर निर्वाचित

संवाददाता
२०८१ पुष २७, शनिबार ०७:२६

हेटौंडा । बस्तिपुर – मनहरी जेसिजकाे १४ औं साधारण सभा तथा शाखा अधिवेशन शुक्रबार सम्पन्न भएको छ । जेसिजको सभाहल बस्तिपुरमा भएको अधिवेशनबाट ७ जना बोर्ड मेम्बर निर्वाचित भएको छ ।

बस्तिपुर – मनहरी जेसिज वर्ष ०२४ का अध्यक्ष जेसि अमृत पाठकको सभाध्यक्षतामा भएको साधारण सभामा चार जना उपाध्यक्ष, दुई जना कार्यकारी उपाध्यक्ष, कोषाध्यक्ष र महासचिवको प्रतिवेदन प्रस्तुत भएको थियो । सभामा प्रस्तुत प्रतिवेदनलाई सभाहलले पारित गरेको छ । साथै उक्त जेसिसमा २५ सदस्यीय बोर्डलाई रहेको छ ।

प्रमुख निर्वाचन आयुक्त जेसि तेजप्रसाद उप्रेती र सहायक निर्वाचन आयुक्त जेसि संजोग उप्रेतीको निर्वाचन मण्डल रहेको थियो । उक्त निर्वाचन मण्डलले जेसि सन्तोष उप्रेतीको अध्यक्षतामा ७ जनाको बोर्ड मेम्बर निर्वाचित गरेको हाे ।निर्वाचित सदस्यहरु जेसि सन्तोष उप्रेती -अध्यक्ष ,जेसि सुरज बर्तौला -कार्यकारी उपाध्यक्ष ,जेसि दिनेश चौलागाईं -कार्यकारी उपाध्यक्ष,जेसि सुर्य बहादुर गोले -उपाध्यक्ष ,जेसि आयुष्मा लामिछाने -उपाध्यक्ष,जेसि अरुण बर्तौला -उपाध्यक्ष,जेसि आरती पाठक -उपाध्यक्षमा चयन भएका हुन् ।

शुक्रबार सम्पन्न भएको बस्तिपुर -मनहरी जेसिजमा मनहरीको १४ औं साधारण सभा तथा शाखा अधिवेशन पूर्वाध्यक्ष द्वय वर्ष ०१८ का शाखा अध्यक्ष जेसि राममणी बर्तौला र वर्ष ०२२ का शाखा अध्यक्ष तथा वर्ष ०२३ का राष्ट्रिय उपाध्यक्ष जेसि सिनेटर तेजप्रसाद उप्रेती ज्युको उपस्थितिमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*