नियन्त्रणमा लिइयो मनहरीमा आतंक मच्चाइरहेको बाघ

संवाददाता
२०८१ पुष १६, मंगलवार २०:२०

मनहरी गाउँपालिका ५, बसन्तपुरमा आतंक मच्चाइरहेको बाघलाई वन्यजन्तु प्राधिकरणको टोलीले डार्टको मद्दतले नियन्त्रणमा लिएको छ। स्थानीय नागरिकहरूको सुरक्षा र वन्यजन्तु संरक्षणमा संलग्न प्राविधिकहरूको आपसी समन्वयमा बाघलाई नियन्त्रणमा लिइएको हो।

पुस १४ गते साँझ, मनहरी गाउँपालिका ५, बसन्तपुर क्षेत्रमा बाघले कान्छीमाया रुम्बालाई मारेको र त्यसै दिन रातभरि ७ वटा बाख्रालाई खोरमा पक्रेर खाएको थियो। बाघको आक्रमणले स्थानीय नागरिकहरूमा भय र अशान्ति फैलाएको थियो। उक्त घटनापछि बाघले पुनः शिकारको खोजी गर्दै गाउँतिर फर्किएपछि वन्यजन्तु प्राधिकरण र अन्य सुरक्षा निकायहरूका टोलीहरूले सक्रियता देखाउन थाले।

बाघको आक्रमणको अर्को सम्भावित घटनालाई टार्न र बाघलाई नियन्त्रणमा लिनको लागि वन्यजन्तु प्राधिकरणका अधिकारीहरूले बाघको शिकारको अवशेष राखेर फन्दामा पार्ने योजना बनाए। यसका लागि, बाघको सम्भावित मार्गमा बाख्राको मासु राखिएको थियो। टोलीले स्थानीय वन्यजन्तु प्राधिकरण र सुरक्षा निकायका अन्य टोलीहरूसँग समन्वय गरेर कडा प्रयास थाले।
सोमबार साँझ, बाख्राको मांस राखेर बाघको सम्भावित मार्गमा सुरक्षा टोली सक्रिय भएको थियो। मंगलबार साँझ, बाघ उक्त स्थानमा आइपुगेको समयमा वन्यजन्तु प्राधिकरणका अधिकारीहरूले डार्ट मारेर बाघलाई बेहोस गराइयो । डार्ट प्रक्रियामा बाघलाई स्थानान्तरणका लागि बेहोस पारिएको हो।
बाघ समात्ने प्रक्रिया र बाघलाई स्थान्तरण गर्नका लागि चारवटा हात्तीको प्रयोग गरिएको थियो। बाघलाई चितवन राष्ट्रिय निकुञ्जको कसरा संरक्षण क्षेत्रमा सार्ने तयारी गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*