मनहरीमा बाघको आक्रमणबाट ७२ वर्षीय कान्छीमायाको निधन

संवाददाता
२०८१ पुष १४, आईतवार २२:४५

मनहरी । मनहरी गाउँपालिका ५, बसन्तपुरमा आइतबार साँझ बाघको आक्रमणबाट ७२ वर्षीय कान्छीमाया रुम्बाको ज्यान गएको छ।

घाँस काट्न बारीमा गएकी कान्छीमायालाई बाघले आक्रमण गरेको थियो। कान्छीमाय लामो समयसम्म घर फर्कन नसकेपछि परिवार र गाउँलेहरूले खोजी कार्य शुरु गरेका थिए।

५ नं वडा अध्यक्ष दीपेन्द्र अधिकारीका अनुसार, बाघले कान्छीमायालाई बोकेर लगेको हुनसक्ने आशंका गरिएको छ। “भीड देखेपछि बाघले शवलाई त्यहाँ छोडेर भागेको अनुमान गरिएको छ,” उहाँले भने।

शवमा बाघको आक्रमणका स्पष्ट चिन्हहरू देखिएका छन्, विशेष गरी टाउको र तिघ्रामा। यो घटना मनहरी गाउँपालिका वडा नं ५ को कार्यालयबाट १०० मिटर पश्चिममा घटेको हो। स्थानीय प्रशासनले घटनाको थप अनुसन्धान गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*