मकवानपुरगढी पत्रकार समाजकाे अध्यक्षमा तिमल्सिना

संवाददाता
२०८१ पुष ११, बिहीबार १६:३६

हेटाैंडा । पत्रकारहरूकाे साझा संस्था मकवानपुरगढी पत्रकार समाजकाे अध्यक्षमा रेवतिप्रसाद तिमल्सिना (नवीन) चयन भएका छन् ।

समाजकाे आज बिहीवार गाउँपालिका केन्द्र मक्राञ्चुलीमा भएकाे प्रथम अधिवेशनले तिमल्सिनाकाे नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे । तिमल्सिना मकवानपुरमा रहेर एक दशक भन्दा लामाे समयदेखि पत्रकारितामा सक्रिय छन् । मकवानपुरगढीमा छापा सञ्चार माध्यमसमेत सञ्चालन गरिरहेका उनी अनलाइनखबर डटकमकाे मकवानपुर संवाददाता र हेटाैंडाकाे साझाकुरा दैनिकमा कार्यरत् रहेका छन् ।

समाजकाे उपाध्यक्षमा मनाेज देवकाेटा, सचिवमा श्रीराम दहाल अर्जुन, काेषाध्यक्षमा अशाेक बजगाईं, सहसचिवमा भुवन घलान (साेमलाल) चयन भएकाे निर्वाचन समिति संयाेजक तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईंले जानकारी दिए ।

मनोज देवकोटा हेटौडा टुडेका सम्पादक हुन् उनी पनि एक दशक भन्दा बढी समयदेखि सञ्चार क्षेत्रमा आबद्ध छन्। श्रीराम अर्जुन दहाल पत्रकार महासङ्घ मकवानपुर शाखाका सदस्य हुन् दहालले चलचित्र पत्रकारिता आर्थिक पत्रकारिता जस्ता विधामा रहेर समेत एक दशकभन्दा बढी कलम चलाइसकेका छन्। काठमाडौँमा लामो समय रहेर राष्ट्रिय मिडियाहरूमा कार्य अनुभव बटुलेका अशोक बजगाई नेशनल गोल्ड टेलिभिजन तथा हेटौडा एफएममा कार्यरत छन् र क्रियटर नेपाल डट कम सञ्चालन गरिरहेका छन्। । भुवन घलान हेटौडा सन्देश डट कममा कार्यरत छन्।

यसैगरी, सदस्यहरूमा सञ्जिव सुनार, अञ्जना तामाङ न्यासुर, आँचल घिमिरे र सुमिना चाैलागाईं चयन भएका छन् ।

२०७७ पुसमा स्थापित मकवानपुरगढी पत्रकार समाजमा करिब करिब ४० जना पत्रकारहरू आबद्द रहेका छन् । मकवानपुरमा पत्रकार महासंघ जिल्ला समितिपछि पत्रकारहरूकाे साझा संस्थाकाे रूपमा गठित याे समाज दाेस्राे हाे । हालै सम्पन्न पत्रकार महासंघकाे निर्वाचनमा बागमती प्रदेश उपाध्यक्ष, जिल्लाका उपाध्यक्ष, दुई जना सहसचिव, दुई जना कार्यसमिति सदस्य, केन्द्रीय परिषद् सदस्य र प्रदेश परिषद् सदस्यमा गरि कुल ८ जना निर्वाचित भएका थिए ।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष दाेर्जे लामा स्याङ्तानकाे प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष सरिता दाहालकाे सभाध्यक्षतामा भएकाे अधिवेशनमा गाउँपालिकाकाे निवर्तमान अध्यक्ष बिदुर हुमागाईं, उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिन, ३ नम्बर वडाका वडाध्यक्ष भागवत घिमिरे, २ नम्बर वडाका वडाध्यक्ष बखान सिं पाख्रिन, ४ नम्बर वडाका वडाध्यक्ष अर्जुन तिमल्सिनालगायतकाे आतिथ्यता रहेकाे थियाे ।

गाउँपालिका अध्यक्ष स्याङ्तानले समाजसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै गाउँपालिकाकाे समग्र विकासमा पत्रकारहरूकाे महत्वपूर्ण साथ चाहेकाे बताए । उनले मकवानपुरगढीका पत्रकारहरूले सहयाेगकाे खुलेर प्रशंसा गरे । निवर्तमान अध्यक्ष हुमागाईंले पत्रकारहरूकाे साझा संस्थाकाे रूपमा रहेकाे याे समाजबाट स्थानीय सरकारले धेरै अपेक्षा राख्ने बताउँदै राम्राे पक्षमा साथ दिने र कमिकमजाेरी देखिए सचेत गराउनेसम्मकाे भूमिका निर्वाह गर्न पत्रकारहरूलाई आग्रह गरे ।

महासंघमा निर्वाचित ८ जनालाई स्वागत सम्मान

यसैबीच २८ मंसिर २०८१ मा भएकाे पत्रकार महासंघकाे केन्द्र, प्रदेश र जिल्ला समितिकाे नि्वाचनबाट निर्वाचित ८ जना समाजका सदस्यहरूलाई स्वागत सम्मान तथा बधाई ज्ञापन गरिएकाे छ ।

पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्षमा निर्वाचित हरि हुमागाईं, जिल्ला उपाध्यक्षमा निर्वाचित ध्रुव अधिकारी, सहसचिव शिव वियाेगी चाैलागाईं र सन्नु रिजाल, कार्यसमिति सदस्य श्रीराम दहाल अर्जुन र सञ्जिव सुनार, केन्द्रीय परिषद् सदस्य सुजन विडारी र प्रदेश परिषद् सदस्यमा निर्वाचित बलराम पुडासैनीलाई अध्यक्ष स्याङ्तान, निवर्तमान अध्यक्ष हुमागाईं, उपाध्यक्ष पाख्रिनलगायतले प्रमाण पत्रसहित खादा, टीका लगाएर सम्मान तथा बधाई ज्ञापन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*