राजनीति
कफ्र्युको समयमा सडकमा उत्रिएका प्रदर्शनकारी लखेटिए
काठमाडौं । शुक्रबार काठमाडौंमा राजावादीहरुको प्रदर्शन तितरवितर भएपछि सिंनामंगल क्षेत्रमा प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले लखेटेको छ । शुक्रबार साँझ सिनामंगलको ओरालोलगायत रिंङरोड क्षेत्रमा प्रदर्शन गर्दै टायर बाल्ने आन्दोलनकारीलाई प्रहरीले लखेटेको हो । विभिन्न स्थानमा आगजनी र तोडफोड गर्दै हिंडेका आन्दोलनकारीहरुलाई प्रहरीले सिनामंगल क्षेत्रबाट लखेटेको हो । जिल्ला प्रशासन कार्यालय...
जलेर एभिन्युज टेलिभिजनका पत्रकारको गयो ज्यान, प्रदर्शन क्रममा गोलि लागेका युवकको मृत्यु,
तीनकुनेको भवनमा राजाबादीहरुले गरेको तोडफोड पश्चात भएको आगलागीको घटनामा एक पत्रकारको ज्यान गएको छ। सो भवनको छतमा चढेर दृष्य खिचिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको हो। राजावादीहरुले तीनकुनेमा प्रदर्शन गर्दा प्रहरीसँगको झडपका कारण आगजनी भएको थियो। घटनाको केही समयपछि रजक सम्पर्कविहीन भएका थिए। एभिन्युज टेलिभिजनका सम्पादक शिव...
दुर्गा प्रसाईं कारवाहीको दायरमा आउँछन्, क्षतिको जिम्मा राजावादीले लिनुपर्छ : गृह मन्त्रालय
काठमाडौं । राजावादीहरुको प्रदर्शनको कमाण्डर दुर्गा प्रसाईले प्रदर्शनका क्रममा भएको क्षतिको जिम्मेवारी लिनुपर्ने गृह मन्त्रालयले जनाएको छ । गृहका प्रवक्ता सहसचिव छवि रिजालका अनुसार आन्दोलनका नाममा अपराधिक क्रियाकलाप गर्ने जोकोहीलाई कारवाहीको दायरमा ल्याइने जानकारी दिए । शुक्रबार साँझ पत्रकार मन्त्रालयमा सम्मेलन गर्दै सरकारको उक्त आन्दोलनका कमान्डर प्रसाईंलाई कारवाहीको दायरमा...
राजावादीहरुको आन्दोलनमा एक प्रदर्शनकारीको मृत्यु
काठमाडौं । शुक्रबार भएको राजावादीहरुको प्रदर्शनका क्रममा कीर्तिपुर–४ बस्ने बर्ष २९ को सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै राजावादीहरुको आन्दोलनका क्रममा कमाण्डर दुर्गा प्रसाईले गरेकाले उनी र आयोजक संस्थाले नै क्षतिको जिम्मेवारी लिनुपर्ने गृहको दाबी छ । तर यता समाजवादी...
सडकमा सेनाले बढायो सक्रियता(फोटोहरु)
काठमाडौं । काठमाडौंमा राजावादीहरुको प्रदर्शन नियन्त्रण बाहिर गएपछि नेपाली सेनाको टोली काठमाडौंका सडकमा सक्रियता देखाएको छ । जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएसँगै सेना सडकमा आएको हो । सेनाले आन्दोलनलाई नियन्त्रण गर्ने भन्दापनि लुटपाट र आगजनीका घट्ना बढेकाले विभिन्न गणहरुको अगुवाइमा सेनाले सक्रियता बढाएको जनाएको छ । तस्बिरहरू :
तितरवितर भएका आन्दोलनकारी तोडफोड र आगजनीमा उत्रिए
काठमाडौं । तीनकुनेबाट तितरवितर भएका राजावादीहरु विभिन्न ठाउँमा आगजनी र तोडफोडमा उत्रिएका छन् । प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् । तीनकुनेबाट प्रदर्शन गर्दै जडिबुटी क्षेत्र पुगेका उनीहरुले कम्पनीमा आगो लगाएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घेराबाहिर झाडीमा आगलागी भएको छ । सिनामंगलमा...
यी हुन् काठमाडौंमा कफ्र्यू आदेश जारी भएका क्षेत्रहरु ?
काठमाडौं । राजावादीहरुको आन्दोलन अनियन्त्रित र अराजक बनेपछि काठमाडौंका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कफ्र्यू आदेशमा बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखी एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखी जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखी शंखमुल पुलसम्म, गौशाला चोकदेखी पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर...
तोडफोड गर्दै राजावादीहरु माओवादी केन्द्र र एमाले कार्यालयतिर
काठमाडौं । तीनकुने क्षेत्रमा प्रदर्शनमा उत्रिएका राजावादीहरु सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलतर्फ अघि बढेका छन् । प्रदर्शनका क्रममा आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनीपछि उनीहरु च्यासलतिर अघि बढेका हुन् । प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर पहिले तोडफोडमा उत्रिएका थिए । पछि आगजनी गरेका हुन्...
तीनकुनेमा केही बेरमा कर्फ्यु लाग्दै
काठमाडौं । तीनकुने क्षेत्रमा तनाव बढ्य पछि केही बेरमा कर्फ्यु लाग्ने भएको छ । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन् । तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । आगजनी नियन्त्रणमा आइसकेको छ ।
तीनकुनेमा मण्डले अराजकता देखियो, राजावादीहरुले चरित्र देखाए
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनकुनेमा अराजकता देखाएर राजावादीहरुको आफ्नो चरित्र देखाएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले १२ वर्ष ढुंग्रामा हालेपनि कुकुरको पुच्छर बांगै भनेको जस्तै राजावादीहरुले तीनकुनेका अहिले मण्डले अराजकता देखाएको बताए । उनले भने, ‘मैले आज यहाँ बोल्दैगर्दा...









