राजनीति

तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गते तीनकुनेमा भएको घटनालाई राजावादीको हिंसात्मक प्रदर्शन भनेर गलत भाष्य निर्माण गरिएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुनुयोजित रुपमा हिंसात्मक क्रियाकलापको लागि प्रदर्शन गरिएको भए हतियार, बन्दुक प्रर्दशनकारीको साथमा भेटिनुपर्ने हो तर त्यो नभेटिएकाले राजावादीको...

सरकार परिवर्तनको हल्लाले चकित बनायो : मन्त्री डा.राणा

काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तन हुने हल्ला मात्र भएको बताएकी छन् । थाइल्यान्डबाट फर्कने वित्तिकै विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएकी हुन् । सरकार परिवर्तनको हल्लाबारे आफू चकित भएको प्रतिक्रिया दिइन् । परराष्ट्रमन्त्री राणा थाइल्यान्डको बैंककमा २०८२ वैशाख ८ देखि १२ गतेसम्म आयोजित एसिया तथा...

शिक्षकहरूलाई वार्तामा आउन सरकारको आग्रह

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई फेरि वार्तामा बोलाएको छ । गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंको सडकमा प्रदर्शन गरिरहेका छन् । यसैबीच दुई दिन अघिमात्रै नियुक्त भएका शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा बोलाएका हुन् ।    

जनताका कुरा सुनाउन निषेधित क्षेत्र गएका हौं : राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार जनताबाट झन–झन टाढा हुँदै गएका कारण नजिकै गएर जनताका कुरा सुनाउने उद्देश्यले निषेधित क्षेत्रमा प्रवेश गरेको बताएका छन् । आइतबार सिंहरबारमा गरेको प्रदर्शनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार नागरिकको बोल्न, लेख्न र प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको बताए । उनले भने,...

माओवादीको ‘जनतासँग माओवादी’जागरण अभियान पुनः सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुनः सुरु भएको छ । सोहि अनुसार गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष क।पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेस जागरण अभियान...

काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैनः स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति नरहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली काँग्रेसले गरेको दाबी गर्नुभयो । उहाँले नेपाली काँग्रेसबाहेक नेपालमा अरु राजनीतिक दलहरुले मेरो अर्थनीति यो...

रवि भैरहवामा , सोमबार मात्र अदालतमा उपस्थित गराइने

काठमाडौ । रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ । शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आज बिहान ९:१२ बजे भैरहवा ल्याएको हो । अब उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ । विमानस्थलबाट उनलाई प्रहरी कार्यालयमा लिइएको छ । आज र भोलि सार्वजनिक बिदा परेकाले उनलाई सोमबार...

रविलाई आज भैरहवा लगिदै

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई आज भैरहवा लगिदैछ । शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले आज भैरहवा लैजान लागेको हो । शुक्रबार राति उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो । प्रहरी स्रोतका अनुसार उनलाई विमानबाट भैरहवा लिन लागिएको छ । संगठित रुपमा सहकारी ठगी गरेको...

रवि लामिछाने पक्राउ , भाेलि मात्रै भैरहवा लादै

काठमाडौ । रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राख्ने तयारी गरिएको प्रहरी स्रोतले जानकारी दियो । स्रोतका अनुसार उनलाई भोलि मात्रै भैरहवा लगिने भएको छ । उनलाई  एक दिन हिरासतमै राखेर...

अदालतको आदेश मानेर गिरफ्तारी दिँदै रवि

काठमाडौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले अदालतको सम्मान गर्दै आजै गिरफ्तारी दिन लागेको बताएका छन् । उनलाई पक्राउ गर्न प्रहरीको टोली उनको निवासमा पुगिसकेको छ । शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको थियो । लामिछानेले अदालतको आदेशको सम्मान गर्दै...