रेशम चौधरी रिहा हुदैं
काठमाडौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा हुने भएका छन् ।
सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमान सिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा चौधरी पक्राउ परेको खुला भएसँगै उनी रिहा हुन लागेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले उनलाई रिहा गर्न लागिएको बताएका छन् । प्रहरीले अनधिकृत पत्र लेख्ने विष्टलाई पक्राउ गरिसकेको छ ।










