रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अर्को पत्र पठाउदै
काठमाडौं । रेशम चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाउने तयारी गरेको छ । त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुनामुक्त गर्ने तयारी छ ।
यसबारेमा अनौपचारिक रुपमा महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रशासन संयन्त्रसँग समेत कुराकानी भइरहेको सर्वोच्च अदालत स्रोतले बताएको छ ।
उनीविरुद्धको ज्यानमुद्दा टुंगिइसकेको भएपनि राष्ट्रपतिबाट उनले आममाफी पाइसकेका छन् । आममाफी विरुद्धको रिट निवेदन विचाराधीन भएको अवस्थामा उनी पक्राउ परेका हुन् ।
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टको नामबाट आज जारी भएको पत्रका आधारमा सादा पोशाकका प्रहरीले प्रज्ञा भवन कमलादी परिसरबाट रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगिएको थियो ।










