राजनीति

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो २ः०० बजे बस्दै छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

राष्ट्रपति पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको...

प्रेस चौतारी मकवानपुरद्धारा प्रतिनिधित्व गर्ने चौतारीकर्मीलाई बधाई तथा वार्षिक कार्ययोजना सार्वजनिक

हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुरले संघठनको केन्द्र तथा प्रदेश कमिटीमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने चौतारीकर्मीहरुलाई बधाई तथा वार्षिक कार्ययोजना सार्वजनिक गरेका छन् । बिहिवार नेकपा एमालेका केन्द्रिय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बधाई पत्रसहित शुभकामना प्रदान गर्नुका साथै वार्षिक कार्ययोजना सार्वजनिक गरेका हुन् । प्रेस चौतारी...

रेशम चौधरी रिहा हुदैं

काठमाडौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा हुने भएका छन् । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमान सिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा चौधरी पक्राउ परेको खुला भएसँगै उनी रिहा हुन लागेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले उनलाई रिहा गर्न लागिएको बताएका छन् ।...

रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अर्को पत्र पठाउदै

काठमाडौं । रेशम चौधरीलाई कैद गर्ने पत्र  कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाउने तयारी गरेको छ । त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुनामुक्त गर्ने तयारी छ । यसबारेमा अनौपचारिक रुपमा महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रशासन संयन्त्रसँग समेत कुराकानी भइरहेको सर्वोच्च अदालत स्रोतले बताएको छ । उनीविरुद्धको ज्यानमुद्दा टुंगिइसकेको...

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

काठमाडौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीले चौधरीलाई आज कमलादीस्थित प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो । टिकापुर घट्नाका सन्दर्भमा सर्वोच्च अदालतबाट फैसला कार्यान्वयनका लागि अधिकृत खटिएकाले सोही आदेशानुसार पक्राउ गरी डिल्लीबजार कारागार लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । नागरिक...

राष्ट्रपति पौडेलले वैशाख १९ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनसमक्ष पढेर सुनाउँदै यसबारेमा जानकारी गराएका हुन् ।  उनकाअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संवत २०८२ साल वैशाख...

शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल राज्यले सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल राज्यले सम्बोधन गर्नुपर्ने बताएकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले शिक्षकहरुको आन्दोलनले गर्दा बच्चाहरुको पढ्न पाउने अधिकार गुमि रहेको भन्दै शिक्षकहरुलाई के गरेर विद्यालयमा फिर्ता गर्न सकिन्छ त्यो छिटो गर्न माग गरेकी...

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्दै

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले सोमबार काठमाडौंमा प्रदर्शन गर्दैछ । गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । प्रदर्शन आज १ः३० बजे प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा हुने...

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा काठमाडौं तारकेश्वरको नगर अधिवेशन सम्पन्न

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को नगर अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ । कार्यवाहक सभापति डोल प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशन कार्यक्रममा शिशिर खनाल, गणेश पराजुली, विराज भक्त श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रोजिना श्रेष्ठ, वाग्मती प्रदेश...