काठमाडौंमा राप्रपाको प्रदर्शन, तीनकुने घट्नाको छानविनको माग

संवाददाता
२०८१ चैत्र २१, शुक्रबार १८:४८

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानविन र बिना कारण पक्राऊ परेकाहरुको रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दबावमूलक प्रदर्शन गरेको छ ।

शुक्रवार राप्रपाले तीनकुने घटनाको निष्पक्ष छानविन गर्न राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा.धवल शमसेर राणालगायत बन्दीहरू रिहाई, मृतकहरूलाई शहीद घोषणालगायतका माग राखेर दबावमूलक प्रदर्शन गरेका हुन् । प्रदर्शनपछिको सभामा बोल्दै राप्रपाका नेता प्रकाश चन्द्र लोहनीले देशमा शुसासनका नाममा दुशासकहरु बढेको बताए । उनले सत्तामा बसेकाहरुले जनता बेचेको आरोप पनि लगाए ।

उनले प्रजातन्त्रको नाममा राष्ट्रको सम्पत्तिको दुरुपयोग गरिरहेको पनि बताए । प्रदर्शन काठमाडौंको सुन्धारादेखि शान्तिबाटिकासम्म पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनकारीहरुले सरकारको विरोधमा नाराबाजी गर्दै झुटा मुद्दा खारेज हुनुपर्ने, राज्य आतङ्क बन्द गरिनुपर्ने, निष्पक्ष न्यायिक आयोग गठन गर्नुपर्ने, नागरिक स्वतन्त्रता कायम गर्नुपर्नेलगायतका माग गरेका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*