अदालतको आदेश मानेर गिरफ्तारी दिँदै रवि

संवाददाता
२०८१ चैत्र २१, शुक्रबार २१:३४

काठमाडौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले अदालतको सम्मान गर्दै आजै गिरफ्तारी दिन लागेको बताएका छन् । उनलाई पक्राउ गर्न प्रहरीको टोली उनको निवासमा पुगिसकेको छ । शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको थियो ।

लामिछानेले अदालतको आदेशको सम्मान गर्दै आफु आजै  गिरफ्तारी दिने सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । साथै उनले न्यायलयका अन्य ढोकाहरू पनि खुला होलान् भन्दै  न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँने बताएका  छन् ।

उनले आफूमाथि ठूलो अन्याय भएको पनि बताएका छन् । लामिछाने  भोलि चितवनमा आयोजना गर्न लागेको कार्यक्रम नरोक्न पनि पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*