रवि लामिछाने पक्राउ , भाेलि मात्रै भैरहवा लादै

काठमाडौ । रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राख्ने तयारी गरिएको प्रहरी स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार उनलाई भोलि मात्रै भैरहवा लगिने भएको छ । उनलाई एक दिन हिरासतमै राखेर भाेलि मात्रै भैरहवा लगिने भएकाे हाे ।
संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो ।