हेटौंडामा एमाले मकवानपुरले गर्यो जागरणसभा

संवाददाता
२०८१ चैत्र १७, सोमबार १५:३१

हेटौंडा । हेटौंडामा आज नेकपा एमाले मकवानपुरले जागरणसभा गरेको छ । हेटौंडाको लोकतान्त्रिक चोकमा एमालेले जागरण सभाको आयोजना गरेको हो ।

सभा सुरु हुनु अगाडी हेटौंडाको पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रि गरि चार स्थानबाट र्याली निकालीयको थियो ।

सभालाई संबोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले राजावादीको आन्दोलनमा देखिएको अराजकतामा संलग्नहरुलाई कानून बमोजिम कार्बाही गर्नुपर्ने बताए । चैत १५ गते भएको राजावादीहरुको आन्दोलन अभद्र र आतन्कित स्वभावको रहेको भन्दै कार्वाही गर्नु पर्ने माग गरेका छन् ।

कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमिण पौडेलले राजावादीहरुको अराजकताले सिमा नाघेको बताए । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गरेको अध्यक्ष श्रीधर पोख्रेलले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*