तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन

संवाददाता
२०८१ चैत्र २१, शुक्रबार १८:५१

काठमाडौं । अबदेखि तीनकुने र आसपाको क्षेत्रमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन र धर्ना आदीका कार्यक्रमहरु गर्न अनुमति गर्न नदिन संसदीय समितिले निर्देशन दिएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको निर्णय सुनाउँदै सभापति रामहरी खतिवडाले यस्तो निर्देशन दिएका हुन ।

त्यस्तै चैत्र १५ गतेको घटनाको सत्यतथ्य छानविन गरी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यसमा संलग्न रहेकालाई आवश्यक छानविन गरी कानुनी कारबाहीलाई अघि बढाउन पनि उनले निर्देशन दिएका छन् ।

नेपाल प्रहरी ,सशस्त्र प्रहरी लगायत सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*