राजनीति

मुलुक पछाडि फर्किन सक्दैन्, वंशको शासन ल्याउन असम्भव : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गतिर लग्लान् भनेको त लात्तीले हिर्काएर नर्कमा पठाइदिएछन् भन्दै व्यङ्ग्य गरेका छन् । शुक्रबार समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले सरकारलाई जनताको समस्यामा भन्दा पनि गीत गाउनमा मतलब भएको...

राजावादीहरुले गरे नेकपा एसको केन्द्रीय कार्यालय तोडफोड

काठमाडौं । राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरिएको छ । प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर तोडफोडमा उत्रिएका हुन् । प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाएका हुन् । त्यस्तै प्रदर्शनकारीरुले उक्त कार्यालय अगाडि आगजनी समेत गरेका छन् । प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रका...

जनतालाई पैतालामुनी राखेर हैकम चलाउनेहरुको अन्त्य जरुरी छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनतालाई पैतालामुनी राखेर हैकम चलाउने सामन्तीहरुको अन्त्य आवश्यक रहेको औंल्याएका छन् । शुक्रबार समाजवादी मोर्चाले काठमाडौंमा गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले नेपालीहरुलाई प्रभुहरुको र सामन्तहरुको खाँचो नभएको बताएका हुन् । उनले भने, ‘नेपाली जनता गणतन्त्रसँग गौरव गर्छन । केही मान्छेहरुले...

तीनकुनेमा प्रदर्शनकारीलाई गोली लाग्यो, प्रहरीको टाउकोमा चोट

काठमाडौं । राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनमा एक प्रदर्शनकारीलाई गोली लागेको छ । प्रहरीले हानेको रबर गोलीले घाइते भएका प्रदर्शनकारीलाई कान्तिपुर अस्पतालमा भर्ना गरिएको छ ।तीनकुने कै प्रदर्शनमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो ।सोही क्रममा...

राजावादीहरुको आमसभा विथोलियो, घरमा लागेको आगो नियन्त्रणको प्रयास

काठमाडौं । काठमाडौंको तीनकुनेमा सुरु भएको राजवादीहरुको प्रदर्शन विथोलिएको छ । राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरिएपछि आम सभा अझै सुरु हुन सके  छैन । आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको थियो । त्यसपछि एक घरमा राजावादीहरूद्वारा आगजनी...

आगो निभाउन तीनकुने पुगेको दमकलमाथि प्रदर्शनकारीको अवरोध

काठमाडौं । तीनकुनेस्थित एक घरमा राजावादीहरूद्वारा आगजनी गरिएको छ । आगजनी सुरु भएको ढिलागरी दमकल पुगेपनि आगो निभाउन भने सकेन् । राजावादीहरूको प्रदर्शन बिथोलिएपछि प्रदर्शनकारीहरुले तीनकुनेस्थित मार्बल हाउसमा आगजानी गरेका थिए । तर दमकललाई प्रदर्शनकारीले प्रवेश नै नदिएको नेपाल न्यूज बैंकका प्रतिनिधि सरोज शाहीले तीनकुने स्थलबाट जानकारी दिए ।...

राजावादीद्वारा व्यक्तिकाे घर तोडफोड

काठमाडौं । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त बनेको छ । अहिले त्यहाँ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ । त्यहाँ समर्थकहरूले तीन व्यक्तिका घर पनि तोडफोड गरेका छन्   । अवस्था तनावग्रस्त भएपछि तीनकुनेमा राजावादीको कार्यक्रम बिथोलिएको छ । राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर...

मुख्य सडकमै ठडियो समाजवादी मोर्चाको मञ्च, सवारी साधन डाइभर्ट (तस्बिरहरू)

हेटौंडा । आज चैतको १५ गते काठमाडौमा गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरले प्रदर्शन गरिरहेका छन् । समाजवादी मोर्चाले मुख्य सडकमै आफ्नो मञ्च ठडाएको छ । सडकमै मञ्च ठडाएको हुनाले सवारी साधन डाइभर्ट भएका छन् । तस्बिरहरु : 

छुट्टाछुट्टै प्रदर्शनले काठमाडौंमा यातायात आवागमन अस्तव्यस्त (तस्बिरहरू)

हेटौंडा । काठमाडौंमा आज गणतन्त्र पक्षधर र राजावादी समूहले प्रदर्शन गरेका छन् । छुट्टाछुट्टै प्रदर्शनले काठमाडौंमा यातायात आवागमन अस्तव्यस्त बनिरहेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डपमा र राजतन्त्र पक्षधरलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ । प्रदर्शनकाे कारण काठमाडौ उपत्यकामा आवत जावत गर्ने सार्वजनिक सवारी ...

बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सभा बैठक १९ गते १ बजेका लागि आव्हान गरेका हुन् । बैठकमा संशोधनका लागि प्राप्त ४ विधेयकलाई पारित गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए । प्रदेशसभाको हिउँदे अधिवेशन अन्तर्गत...