जलेर एभिन्युज टेलिभिजनका पत्रकारको गयो ज्यान, प्रदर्शन क्रममा गोलि लागेका युवकको मृत्यु,

संवाददाता
२०८१ चैत्र १४, शुक्रबार १९:०८

तीनकुनेको भवनमा राजाबादीहरुले गरेको तोडफोड पश्चात भएको आगलागीको घटनामा एक पत्रकारको ज्यान गएको छ। सो भवनको छतमा चढेर दृष्य खिचिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको हो। राजावादीहरुले तीनकुनेमा प्रदर्शन गर्दा प्रहरीसँगको झडपका कारण आगजनी भएको थियो। घटनाको केही समयपछि रजक सम्पर्कविहीन भएका थिए।

एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले भने, रिपोर्टिङका लागि गएको साथी सम्पर्कविहीन हुनुहुन्छ, अस्पतालतिर पनि कुनै जानकारी छैन। अर्को पत्रकारले पनि भने कि सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिइए पनि उद्धारको लागि कुनै कदम उठाइएन।

त्यसैगरी, राजाकादीहरुको प्रदर्शनका क्रममा गोलि लागेका एक युवकको मृत्यु भएको छ। कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको छ हो । उनको घाँटीमा गोली लागेको थियो। प्रहरीका अनुसार महर्जनलाई उपचारको लागि अस्पताल पुर्याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

सविन महर्जन राजावादीहरुको प्रदर्शनमा सहभागी थिए, जसको क्रममा उनी गोलि लागेर घाइते भएका थिए। उनलाई तुरुन्तै त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*