रवि भैरहवामा , सोमबार मात्र अदालतमा उपस्थित गराइने

काठमाडौ । रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ ।
शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आज बिहान ९:१२ बजे भैरहवा ल्याएको हो ।
अब उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ । विमानस्थलबाट उनलाई प्रहरी कार्यालयमा लिइएको छ । आज र भोलि सार्वजनिक बिदा परेकाले उनलाई सोमबार मात्र रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।