रविलाई थुनामा पठाउन आदेश , के रविले तत्काल गर्छन त आत्मसमर्पण ?

संवाददाता
२०८१ चैत्र २१, शुक्रबार २०:५६

काठमाडौ । सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दियो ।

लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएकोमा त्यसलाई बदर गर्दै न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्लाको आदेश बदर गरी थुनामा पठाउने आदेश गरेको हो ।

त्यसै गरि उच्च अदालत तुलसीपुरको बुटबल इजलासले पूर्वडीआईजी छविलाल जोशीलाई पनि थुनामा पठाउने आदेश गरेको छ । यो आदेशपछि रविले तत्काल आत्मसमर्पण गर्छन् वा उनलाई प्रहरीले तत्काल पक्राउ गर्छ भन्नेबारे कतिपयमा अन्योल देखिएको छ । उच्च अदालत बुटवल इजालासले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएसँगै रवि लामिछाने पुन जेल जानुहुने भएको छ ।

रास्वपाले भोलि शनिबार चितवनमा ‘जनयात्रा उद्घाटन’ कार्यक्रम तय गरेको छ । सोही कार्यक्रममा आफूले धेरै कुरा भन्ने सभापति रवि लामिछानेको उद्घोष थियो ।

तर, शुक्रबार साँझ बुटवल उच्च अदालतको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेसँगै कार्यक्रम के हुन्छ ?भन्ने चासो बढेको छ । तर, जिल्ला पार्टी चितवनले भोलिको जनयात्रा कार्यक्रम यथावत् रहने बताएको छ ।

भरतपुर– १० को गेष्ट हाउस चौरमा भोली दिउँसो २ बजे उक्त कार्यक्रम तय भएको थियो । लामिछानेले नै सो कार्यक्रमको उद्घाटन गर्ने पूर्वघोषित कार्यक्रम पनि थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*