अर्थ / वाणिज्य

बागमती प्रदेशमा ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजारको बजेट सार्वजनिक

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजारको बजेट ल्याएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा ५ प्रतिशत बजेट वृद्धि गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु तर्फ २६ अर्ब ४ करोड ४६...

बागमती प्रदेशको बजेट सार्वजनिकमा ढिलाइ

हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न तय गरिएको समयभन्दा ढिलाइ भएको छ। आइतबार साँझ ६:३० बजे प्रदेश सभामा बजेट पेश गर्ने भनिए पनि अन्तिम समयमा मन्त्रिपरिषद् बैठक सारिएपछि बजेट आउन ढिलाइ भएको हो  । सरकारले बजेट स्वीकृत गर्ने उद्देश्यले बोलाएको मन्त्रिपरिषद् बैठक झन्डै दुई घण्टा...

मधेश प्रदेशमा ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँको बजेट

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले प्रदेशसभाको बैठकमा सो बराबरको बजेट घोषणा गरेका हुन् । प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आइतबार प्रदेशसभामा प्रस्तुत बजेटमा पुँजीगत खर्चलाई प्राथमिकता दिइएको...

कोशी प्रदेशमा ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्ताव

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ । आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गरेका हुन्। यस वर्षको बजेटमा चालू खर्चतर्फ १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ...

नेपालबाट बंगलादेशतर्फ ४० मेगावाट नियमित विद्युत् निर्यात प्रारम्भ

काठमाडौं । नेपालले आजबाट बंगलादेशतर्फ नियमित रूपमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले शनिबार रातिदेखि विद्युत् प्रवाह सुरु भएको पुष्टि गर्दै यस दिनलाई “ऐतिहासिक उपलब्धि” को रूपमा घोषणा गरेका छन्। यो कदम केवल ऊर्जा व्यापारको विकास मात्र नभई, नेपालले भारतमार्फत...

बैशाख महिनामा मात्र विदेशबाट १ खर्ब ६५ अर्ब रुपैयाँको रेमिट्यान्स भित्रियाे

काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार  बैशाख महिनामा मात्र विदेशबाट १ खर्ब ६५ अर्ब रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । उक्त रेमिट्यान्स  हालसम्मकै उच्च मासिक आप्रवाह हो। गत वर्षको यही महिनासम्म जम्मा १ खर्ब १५ अर्ब ९९ करोड रेमिट्यान्स भित्रिएको थियाे,भने यो वर्ष झण्डै ५० अर्ब रुपैयाँले बढी...

बजेट कार्यान्वयनको विश्वसनीयतामा जोड, अर्थमन्त्री पौडेलको प्राथमिकता: स्रोत परिचालन र युवा उद्यमिता

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार वा महत्वाकांक्षी लक्ष्यभन्दा पनि यसको कार्यान्वयन क्षमतामा केन्द्रित हुनुपर्ने बताएका छन्। शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने लक्ष्य यथार्थपरक रहेको स्पष्ट पारे। पौडेलले बजेटको दिगोपनालाई प्रमुख प्राथमिकता दिइएको र...

आगामी आर्थिक वर्षमा बजेटमा ५.६% वृद्धि, आन्तरिक ऋणमा निर्भरता झनै बढ्यो

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेटमा ५.६ प्रतिशतको वृद्धि देखिएको छ। कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ठूलो हिस्सा पुनः चालु खर्चमा विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको बजेट अनुसार, कुल बजेटमध्ये...

अर्थमन्त्री पौडेलले आज आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै

काठमाडौं ।  आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को बजेट संसद्मा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। दिउँसो ३ बजेका लागि तय गरिएको संयुक्त संसद बैठकमा बजेट प्रस्तुत गरिने छ। संविधानको धारा ११९ अनुसार सरकारकाे राजस्व र व्ययको वार्षिक अनुमान संसदमा पेश गर्नुपर्ने प्रावधान अनुरूप अर्थमन्त्री पौडेलले...

वृद्ध भत्ता पाउने उमेरहद बढ्याे ,विशेष वर्गलाई भने पुरानै व्यवस्था

काठमाडौं । सरकारले वृद्धभत्ता सम्बन्धी नीतिमा चालू आर्थिक वर्षको बजेटमार्फत अब ७० वर्ष उमेर पुगेका नागरिकले मात्र वृद्धभत्ता पाउने प्रावधान लागू गरिएको छ । सामाजिक सुरक्षा भत्ता यस अघि ७० वर्षको साटो ६८ वर्षमै  उपलब्ध गराइएको थियो। तत्कालीन सरकारको ‘सामाजिक सुरक्षा बढाउने’ घोषणासँगै यो निर्णय लागू गरिएको थियो। सरकारको...