Banner News

बोरीङमा डुबेको योद्धा गाडीको खोजी कार्य तीव्र, केही पार्टपुर्जा फेला

हेटौंडा। हेटौंडा उपमहानगरपालिका–१६, गैरीगाउँस्थित बोरीङको कारण जमिनमा धसियर हराएको योद्धा गाडीको पार्टपुर्जा फेला परेको छ। वैशाख १९ गते ना ४ च ४८३३ नम्बरको माछा बोक्ने गाडी जमिनमा धसियर हराएको थियो। हेटौंडा उपमहानगरपालिका–१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको पहलमा जेठ ६ गते स्काभेटर र क्रेनको प्रयोग गरी गाडी खोजीको काम...

स्कुटरमा लुकाई ल्याइएको १३ किलो गाँजासहित एक व्यक्ति नियन्त्रणमा

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंं ३ लेवटस्थित भित्री सडक खण्डबाट प्रहरीले १३ किलो लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ना.६३ प २५६१ नम्बरको स्कुटर रोकेर चेकजाँच गर्दा स्कुटरको अगाडिको भागमा रहेको जेब्रा झोलाभित्र लुकाइ छिपाई ल्याइएको गाँजा फेला पारेको हो। गाँजा बोकेर...

भिमफेदीमा विङ्गर गाडी दुर्घटना, १४ जना घाइते — ३ जनाको अवस्था गम्भीर

मकवानपुर | मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी मोडमा आज दिउँसो करिब १:०५ बजेको समयमा यात्रुबाहक विङ्गर गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। चित्लाङबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट करिब २० मिटर तल खसी सल्लाको रुखमा अड्किएको अवस्थामा...

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नउत्तर, समिति प्रतिवेदन र विधेयकमाथि छलफल हुने

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकमा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। यो जवाफ प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम हुनेछ, जसअनुसार सांसदहरूले...

नेपालमा चट्याङबाट २३७ जनाको मृत्यु ,९०८ जना घाइते

काठमाडौं । पछिल्ला चार वर्षमा नेपालमा चट्याङका घटनाले जनधनमा ठूलो क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ साउनदेखि हालसम्म चट्याङबाट २३७ जनाको ज्यान गएको छ भने ९०८ जना घाइते भएका छन्। विशेष गरी बर्खायाममा खेतबारीमा काम गर्ने सर्वसाधारण बढी प्रभावित हुने गरेका छन्। कोशी...

बागमती प्रदेशसभा: सत्ता–प्रतिपक्षबीचको विवादले संसद् पुनः अन्योलमा

हेटौंडा । बागमती प्रदेशसभाको अधिवेशन पुनः अन्योलमा परेको छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठक पनि सत्ता र प्रतिपक्षबीचको सहमति अभावका कारण अलमलमा परेको हो। प्रतिपक्ष दलहरू, विशेषतः नेकपा माओवादी केन्द्र, सरकारसँग विगतमा भएका लिखित सहमतिहरू कार्यान्वयन नभएको भन्दै बैठक बहिष्कारको तयारीमा छन्। उता, सरकार भने संसद् चलाउने पहलमा...

गणतन्त्र दिवस मूल समारोह समितिबाट मेयर बालेन शाहलाई हटाउन प्रधानमन्त्री ओलीकाे आग्रह

काठमाडौं । गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको अनुपस्थितिले राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमै मेयर शाहको निरन्तर अनुपस्थितिलाई लिएर असन्तुष्टि जनाउँदै समितिबाटै हटाउने संकेत दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको समितिको बैठकमा प्रधानमन्त्री ओलीको अध्यक्षता रहेको थियो।...

मनहरी  ५ स्थित कोइराला डाँडाकाे थलि जंगलमा एक जना मृत फेला

हेटौंडा । मकवानपुरकाे मनहरी गाँउपालिका वडा नम्बर ५ स्थित कोइराला डाँडाकाे थलि जंगलमा एक जना युवक मृत फेला परेका छन् । साेहि स्थानका डिल्लिपुर घर भएका ३५ बर्षका बिष्णु प्रसाद सापकोटा मृत फेला परेका हुन् । घरमा कोहि कसैलाई नसोधी निस्की हिडेको सापकोटालाई आफन्तहरुले सबैतिर खोजतलास गर्ने क्रममा २:२५...

जब मृत्युको मुखबाट फर्केँ

हेटौंडा । आज २ जेठ २०८२ । ठ्याक्कै ८ महिना भयो मैले ‘बाइबाइ रक्सी’ भनेको। अनि ८ महिना नै पूरा भयो– मृत्युको मुखबाट फर्केर दोस्रो जीवन बाँचेको। करिब नौ महिना अगि म काठमाडौ मेरो कार्यालयबाट फर्कदै थिए तिथिमिती गते बार त बिर्सिए तर त्यो अपराह्न म दोबाटोमा थिएँ– नजिकिंदै...

मुख्य बजारमा पानी आपूर्ति पुनः सुरु, समन्वयमार्फत आपत्कालीन मर्मत कार्य सफल

हेटौंडा । हेटौंडा नगरका बासिन्दाले शुक्रवार बिहानदेखि फेरि नियमित रुपमा खानेपानी सेवा पाएका छन्। विगत केही दिनदेखि अवरुद्ध रहेको पानी आपूर्ति सेवा बिहीबार राति १ बजेदेखि पुनः सञ्चालनमा आएको हो। पानी आपूर्तिमा समस्या उत्पन्न हुनुको कारण सडक डिभिजन कार्यालयले सामरी खोलापट्टीमा बनाइरहेको रिटेनिङ्ग वाल निर्माणको क्रममा खानेपानी बोर्डको १४ इन्चको...