Banner News

कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द 

हेटौंडा । इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडकखण्ड आज शुक्रबारदेखि बन्द गरिएको छ। आगामी जेठ २० गतेसम्म (१९ दिन) सो सडक पूर्ण रूपमा सवारीका लागि बन्द रहने जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जनाएको छ। सडक कालोपत्रे कार्य तीव्र रुपमा अघि बढाउने उद्देश्यले सडक बन्द गरिएको हाे । सडक बन्दसँगै यस क्षेत्रका थुप्रै...

चितवनको रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते

चितवन । चितवनको पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । लहानबाट काठमाडौँतर्फ गइरहेको प्रदेश १-०२-००१ ख ९१६२ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताएका छन् । बसमा ३९ जना सवार थिए । घाइतेमध्ये...

सरकारी सेवाबाट अवकाशपछि २ वर्षे कुलिङ पिरियड लागू हुने सरकारको सहमति

काठमाडौं । संघीय निजामती सेवा विधेयकसम्बन्धी छलफलमा सरकार अवकाश प्राप्त कर्मचारीका लागि २ वर्षे कुलिङ पिरियड राख्न सहमत भएको छ। गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा यस्तो प्रस्ताव प्रस्तुत गरेका हुन्। कुलिङ पिरियड भन्नाले सरकारी सेवाबाट अवकाश लिएपछि अर्को पदमा नियुक्तिका लागि प्रतीक्षा गर्नुपर्ने समयलाई जनाउँछ।...

सगरमाथा संवाद काठमाडौंमा सुरु : हिमाली आवाज विश्वमञ्चमा गुन्जिने प्रयास

काठमाडौं । नेपालको जलवायु नेतृत्वलाई विश्वसामु स्थापित गर्ने लक्ष्यसहित ‘सगरमाथा संवाद’ आज काठमाडौंमा सुरु भएको छ। ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने नारासहित सुरु भएको यो संवाद नेपाल सरकारले पहिलो पटक आयोजना गरेको हो। सगरमाथाको नामबाट पहिचान बनाएको नेपालले अब जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय स्तरमा आवाज बुलन्द गर्न...

अखिल समाजवादी मकवानपुरद्वारा विद्यार्थी एकता दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण

मनहरी । नेकपा निकट अखिल (समाजवादी) मकवानपुरले ६१ औं विद्यार्थी एकता दिवसको अवसरमा त्रिरत्न प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । मनहरी गाउँपालिका वडा नम्बर २ मा रहेको विद्यालयकाे शिशु कक्षा देखि कक्षा ५ सम्मका ३० जना छात्र र २४ जना छात्रालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।...

हेटौंडामा पहिलो पटक बागमती प्रदेश स्पोर्ट्स अवार्ड: प्रदेशस्तरीय खेलकर्मीको सम्मानमा नयाँ अध्याय सुरु

हेटौंडा । बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रको पहिचान र योगदानलाई उजागर गर्न पहिलोपटक ूबागमती प्रदेश स्पोर्ट्स अवार्डू आयोजना गर्ने भएको छ। प्रदेशका पूर्व र वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई औपचारिक रूपमा सम्मान गर्ने यो अवार्ड कार्यक्रम आगामी जेठ ४ गते हेटौंडा–४ स्थित हुप्राचौरमा आयोजना हुँदैछ। कार्यक्रमबारे मंगलबार पत्रकार सम्मेलन...

गैरीगाउँमा जमिन भासिने घटना : सतही लापरवाहीले निम्त्याएको विपद् ? 

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ काे सिमाना नजिक रहेकाे गैरीगाउँमा वैशाख १९ गते जमिन भासिएर बोलेरो गाडी बेपत्ता भएको घटनाले सतही भूगर्भ अध्ययनको अभाव तथा असावधानीपूर्ण मानव गतिविधिको गम्भीर नतिजा देखाएको छ। खानी तथा भूगर्भ विभागको प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार, घटनाको मूल कारण वर्षौंदेखि बोरिङमार्फत...

कालोपत्रे कार्य तीव्र : कुलेखानी–कलंकी–हुमाने सडक १९ दिनका लागि बन्द

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका हुँदै काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडकखण्ड १९ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। कालोपत्रे कार्यलाई तिव्रता दिने उद्देश्यले जेठ २ गतेदेखि २० गतेसम्म उक्त सडकखण्डमा सवारी आवागमन रोकिएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार सो सडकखण्डको स्तरोन्नति गर्न सवारी आवतजावत पूर्ण रूपमा बन्द...

उर्जामा आत्मनिर्भरतातर्फ एक कदम: कुलेखानी तेस्रो जलविद्युत् आयोजना पुनः पूर्ण क्षमतामा

हेटौंडा । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आफ्नो बिग्रिएको युनिट मर्मत गरी पुनः १४ मेगावाट क्षमतामा उत्पादन सुरु गरेपछि विद्युत् आपूर्तिमा ठूलो राहत मिलेको छ। गत वैशाख १५ देखि थालिएको मर्मत कार्य १४ दिनपछि सम्पन्न भई सोमबार अपराह्नबाट दुवै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन्। नेपाली १८ र चिनियाँ ३...

बिपी राजमार्गमा सवारी अवरुद्ध , बाढीले जनजीवन प्रभावित

काभ्रेपलाञ्चोक । निरन्तर वर्षापछि आएको बाढीले काभ्रेको माप्तीस्थित रोशी खोलाको डाइभर्सन बगाउँदा बिपी राजमार्ग आठ घण्टादेखि अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने जनजीवन प्रभावित बनेको छ। अस्थायी डाइभर्सन बगाएपछि क्षेत्रका स्थानीयवासी र सुरक्षाकर्मीको सहकार्यमा राजमार्ग एकतर्फी सञ्चालनको प्रयास भइरहेको छ। घटनास्थलबाट प्रहरीले १७ जना...