Banner News
भारत विरुद्ध पाकिस्तानीको बुनयान-उल-मरसूस’ जवाफी कारबाही सुरु
काठमाडौं । पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही सुरु गरेको जनाएको छ । भारतको आक्रमणको जवाफमा पाकिस्तानले आधिकारिक रूपमा ‘बुनयान-उल-मरसूस’ को नाममा जवाफी कारबाही सुरु गरेको छ। अलजजिराले सेनासम्बन्धी स्रोतहरूलाई उद्धृत गर्दै पाकिस्तानले भारतको उधमपुर सहरस्थित एक वायुसेना बेस र पठानकोट स्थित एक एयरफिल्डलाई निशाना बनाएको उल्लेख गरेको...
प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको आज भेट भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुुभएको थियो । उहाँले आक्रमण भएको ठाउँमा...
दीगो विकासका लक्ष्यमा युवाको भूमिका महत्वपूर्ण : मकवानपुर बहुमुखी क्याम्पसमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुदै
हेटौंडा । दीगो विकासका लक्ष्य (SDG) हासिल गर्न युवाको सक्रिय सहभागिता अपरिहार्य भएको निष्कर्ष निकाल्दै मकवानपुर बहुमुखी क्याम्पसले तीनदिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको आयोजना गर्न लागेको छ। ‘दीगो विकासका लक्ष्यको स्थानीयकरणः युवाको क्षमता विकास’ भन्ने मूल उद्देश्यका साथ सुरु हुने सम्मेलनले विश्वविद्यालय तहको शिक्षालाई व्यवहारमा जोड्ने प्रयास गरेको क्याम्पस प्रमुख...
न्यायमा पहुँच सुनिश्चित गर्न कानुन दिवस, ग्रामीण क्षेत्रका नागरिकका लागि अझै चुनौती
काठमाडौं । आज ७३औँ कानुन दिवस देशभर मनाइँदै छ, तर न्यायमा समान पहुँच अझै पनि धेरै नेपालीका लागि टाढाको सपना जस्तै देखिन्छ। सहरमा बसोबास गर्ने र कानुनी साक्षरतासम्पन्न वर्गका लागि न्यायिक प्रक्रिया केही सजिलो देखिए पनि ग्रामीण, पिछडिएको र जनजातीय समुदायका नागरिकहरूका लागि अझै पनि कानुन “डर लाग्दो”...
भारत र पाकिस्तानको द्वन्द्वमा अमेरिकाको संलग्नता नहुने
काठमाडौ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानबिच जारी द्वन्द्वमा अमेरिकाको संलग्नता नहुने स्पष्ट पारेका छन् । अन्तर्वार्तामा उनले भारत र पाकिस्तानबिचको यो तनाव व्यापक क्षेत्रीय युद्ध वा आणविक द्वन्द्वमा परिणत नहुने आशा व्यक्त गरेका छन्। अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा हमला हुँदा जेडी भान्स आफ्नी श्रीमती...
भारतकाे २४ वटा विमानस्थलहरू नागरिक सेवाका लागि बन्द
काठमाडौं । भारतका विभिन्न संवेदनशील राज्यहरूमा सुरक्षा सतर्कता बढाउँदै २४ विमानस्थलहरू अस्थायी रूपमा नागरिक सेवाका लागि बन्द गरिएका छन्। यसमा पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका विमानस्थलहरू पर्दछन्। नागरिक उड्डयन सुरक्षा ब्यूरो (BCAS) ले देशभरका सबै एयरलाइन्स तथा विमानस्थलहरूलाई सुरक्षा उपायहरू कडा पार्न निर्देशन दिएको छ।...
९३ हजार नक्कली नोट सहित अधिकारी पक्राउ
हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेकाे छ । बर्दिबासबाट हेटौडातर्फ आउदैं गरेको बा. ३३ प ९९८३ नं. को मोटरसाईकल चालक राम कृष्ण अधिकारीलाई नेपाली ५०० काे नक्कली नोट १ सय ८६ थान सहित प्रहरीले...
आज विश्व रेडक्रस दिवस मनाइँदै
काठमाडौ । आज विश्व रेडक्रस दिवस मनाइँदैछ ।मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रम गरि विश्व रेडक्रस दिवस मनाइँदैछ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र...
पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाका एक लेसनायक मारियो
काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाका एक लेसनायक मारिएका छन् । फाइभ फिल्ड रेजिमेन्टमा रहेका लेसनायक दिनेश कुमारको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ । कश्मिरको पहलगाम क्षेत्रमा आतंकवादी आक्रमणमा परी एक नेपालीसहित २६ जनाको मृत्यु भएको बदलास्वरुप भारतले मंगलबार रातिदेखि पाकिस्तानको भूमिमा हवाई हमला सुरु...
भेटियाे मनहरीमा हराएको ट्रक
हेटौंडा । मकवानपुरकाे मनहरी गाँउपालिका ७ रमनटारबाट हराएकाे ट्रक भेटिएको छ । साेहि स्थानमा घर भएका ट्रक चालक २६ बर्षका सोम बहादुर थिङकाे घरबाट बिहान ट्रक हराएकाे हाे । आफ्नै घर नजिक पार्किङ गरी राखेको ना ६ ख ३६६१ नम्बरको ट्रक हराएको भनि इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा थिङले...










