Banner News

वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पार्किन्सन रोगबाट पीडित ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो । उनी पूर्व शिक्षामन्त्री, सञ्चार, सूचना तथा प्रविधिमन्त्री पनि बनेका थिए । नेकपा...

ज्ञानबहादुर शाहीको आरोप:राजसंस्था जनमत वा आन्दोलनबाट होइन, छलकपटबाट हटाइयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको राजसंस्थालाई जनमत वा आन्दोलनबाट नभई छलकपटका माध्यमबाट हटाइएको दाबी गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले वर्तमान संविधान र राजनीतिक व्यवस्थाको उद्गम विदेशी हस्तक्षेपबाट भएको आरोप लगाए। उनले...

भासिएकाे पाँचदिनसम्म पनि फेला परेन पिकअप भ्यान, भूगर्भविदको टोलीले अध्ययन गर्दै 

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको १६ र १७ को सिमाना नजिकै गैरीगाउँकाे भित्री सडक खण्डमा गुडिरहेको योद्धा पिकअप भ्यान  जमिनमुनि भासिएकाे पाँचदिनसम्म पनि फेला परेकाे छैन् ।  शुक्रबार र शनिबार दुई दिनसम्म खोज्दा पनि गाडी नभेटिए पछि आइतबार पनि सशस्त्र प्रहरीको टोलीलाई बोलाएर गाडी खोज्ने काम गरिएको थियोे ,भने साेमबार माछापाेखरीकाे...

बागमती प्रदेश सरकारद्वारा बुधवार सार्वजनिक विदा

हेटौंडा । बागमती प्रदेश सरकारले भोली बुधवार प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा विदा दिने निर्णय गरिएको हो। यस सम्बन्धमा बागमती प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मिति २०८१ चैत्र २१ गते प्रकाशित सूचनामार्फत जानकारी गराइएको छ। विदाको...

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा राज्यमन्त्री गर्बुजाले शपथ लिनुभएको हो। सो अवसरमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, अन्य मन्त्रीगण, नेपाल सरकारका उच्च अधिकारी तथा...

हेटौंडा–काठमाडौँ कान्ति लोकपथ सडक सुचारु, तर अस्थायी डाइभर्सनले अझै जोखिम कायम

हेटौंडा । निरन्तरको वर्षासँगै आएको बाढीले अवरुद्ध भएको हेटौंडा–काठमाडौँ सडकखण्ड अन्तर्गतको कान्ति लोकपथ आज दिउँसोदेखि पुनः सञ्चालनमा आएको छ। बागमती नदीमा पानीको बहाव अत्यधिक बढेपछि मकवानपुर र ललितपुरको सिमानामा रहेको अस्थायी डाइभर्सन बगाएको थियो, जसका कारण आज बिहान ६ बजेदेखि सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो। प्रहरी नायब उपरीक्षक...

बागमतीको बाढीले डाइभर्सन बगायो, कान्ति लोकपथको यातायात ठप्प

हेटौंडा । निरन्तरको वर्षासँगै आएको बाढीले कान्ति लोकपथ अन्तर्गत हेटौंडा–काठमाण्डौ सडकखण्ड पूर्ण रूपमा ठप्प पारेको छ। बागमती नदीमा पानीको बहाव अत्यधिक बढेपछि मकवानपुर र ललितपुरको सिमानामा रहेको अस्थायी डाइभर्सन बगाएको हो। डाइभर्सन बगाएसँगै बिहान ६ बजेदेखि नै सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ। प्रहरी...

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो २ः०० बजे बस्दै छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

कक्षा १२ को परीक्षा आजदेखि सुरु

काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु भईरहेको छ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थीले सहभागी जनाएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी सहभागी...

जनताको जीवनमा सकारात्मक परिवर्तन आउन अझै बाँकी छ : पूर्व राष्ट्रपति भण्डारी

हेटौंडा । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा राजनीतिक प्रणाली र संविधान निर्माण जस्ता महत्वपूर्ण उपलब्धि हासिल भएपनि आम जनताको जीवनमा प्रत्यक्ष सकारात्मक परिवर्तन महसुस हुने गरी काम गर्न अझै बाँकी रहेको बताउनुभएको छ। शनिबार हेटौंडामा आयोजित मदन भण्डारी फाउन्डेसन मकवानपुरको चौथो साधारण सभा तथा श्रीचन्द्र शर्मा स्मृति सम्मान हस्तान्तरण...