Banner News

हेटौंडा अस्पतालमा अनियमित खर्च , १५ दिनभित्र स्पष्टिकरणसहित कागजात पेश गर्न अख्तियारको निर्देशन

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले हेटौंडा अस्पतालमा पुस महिनामा रु. ८ लाख मनोमानी ढंगले खर्च भएको उजुरीको आधारमा अस्पतालसँग स्पष्टिकरण माग गरेको छ। आयोगले अस्पताललाई १५ दिनभित्र सम्बन्धित कागजातसहित राय–प्रतिक्रिया पेश गर्न निर्देशन दिएको छ। पुस महिनामा मात्र होटल स्मारकलाई ८ लाख रुपैयाँको भुक्तानी गरिएको र...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौ । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो। एपी ग्यास पनि घटेर आएको छ। प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ। एलपी ग्यासको खुद्रा ब्रिकी मूल्य यथावत राखिएको छ।...

१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आज देशभर मनाइँदै

हेटौंडा । मे १-आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रमसहित देशभर मनाइँदैछ। ‘आठ घण्टा काम, आठ घण्टा विश्राम, आठ घण्टा मनोरञ्जन’ भन्ने नारासहित १८८६ मा अमेरिकाको सिकागोबाट सुरु भएको आन्दोलनको स्मृतिमा यो दिवस मनाइन्छ। अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ । दिवसको अवसरमा नेपाल...

रेशम चौधरी रिहा हुदैं

काठमाडौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा हुने भएका छन् । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमान सिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा चौधरी पक्राउ परेको खुला भएसँगै उनी रिहा हुन लागेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले उनलाई रिहा गर्न लागिएको बताएका छन् ।...

रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अर्को पत्र पठाउदै

काठमाडौं । रेशम चौधरीलाई कैद गर्ने पत्र  कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाउने तयारी गरेको छ । त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुनामुक्त गर्ने तयारी छ । यसबारेमा अनौपचारिक रुपमा महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रशासन संयन्त्रसँग समेत कुराकानी भइरहेको सर्वोच्च अदालत स्रोतले बताएको छ । उनीविरुद्धको ज्यानमुद्दा टुंगिइसकेको...

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

काठमाडौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीले चौधरीलाई आज कमलादीस्थित प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो । टिकापुर घट्नाका सन्दर्भमा सर्वोच्च अदालतबाट फैसला कार्यान्वयनका लागि अधिकृत खटिएकाले सोही आदेशानुसार पक्राउ गरी डिल्लीबजार कारागार लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । नागरिक...

डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

काठमाडौ । डोटीको जोरायल गाउँपालिका–२ मेलखोलास्थित भीमदत्त राजमार्गमा गए राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिप दुर्घटना हुँदा अन्य ६ जना पनि घाइते भएका छन् । धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप गए राति दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका...

शिक्षक र सरकारबीच गएराति भएको वार्ता सहमति नजिक

काठमाडौ । नेपाल शिक्षक महासङ्घ र सरकारबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राति अबेरसम्म भएको दुईपक्षीय बैठकले मन्त्रिपरिषद्बाट निर्णय गरी आउँदो बजेटमा शिक्षकका माग सम्बोधन गर्ने गरी सहमतिको प्रारम्भिक खाका तयार गरेको हो । छलफलमा सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्त, शिक्षा...

नेपाल मोबाइल व्यवसायी महासंघको चौंथो केन्द्रीय साधारणसभा वैशाख २६ र २७ गते हेटौंडामा हुँदै

  हेटौंडा। नेपाल मोबाइल व्यवसायी महासंघको चौंथो केन्द्रीय साधारणसभा हेटौंडामा यहि वैशाख २६ र २७ गते आयोजना हुने भएको छ। महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ। मोबाइल एसोसिएसन अफ मकवानपुरलाई स्थानीय संयोजकको जिम्मेवारी दिइएको र भेलामा देशभरका ६० जिल्ला, सात...

राष्ट्रपति पौडेलले वैशाख १९ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनसमक्ष पढेर सुनाउँदै यसबारेमा जानकारी गराएका हुन् ।  उनकाअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संवत २०८२ साल वैशाख...