Banner News

आगलागी अपडेट : रेष्टुरेन्टको मात्रै करिब १२ लाख क्षति

काठमाडौं । काठमाडौंको स्वयम्भूस्थित एक रेष्टुरेन्टमा आगलागी हुँदा मानव क्षति नभएको स्वयम्भु प्रहरी वृत्तका सहायक हवलदार बिष्णु थापाले बताएका छन् । शनिवार विहान २ बजे दार्जिलिङ मःम रेष्टुरेन्टमा आगोलागी हुदा घरहरु र पसलहरु पूर्ण नष्ट भएपनि मानवीय क्षति नभएको सहायक हवलदार थापाले बताएका हुन् । ‘लगभग दुई बजेतिर आगोलागी...

शिक्षक महासंघ–सरकार वार्ता निष्कर्षवीहिन, पुनः बस्ने निर्णय

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शनिबार बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ताले पुन : बस्ने निर्णय भएको बताएका छन् । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमामन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्तालाई निरन्तर दिने सुवेदीले बताए । यद्यपी, शनिबारको वार्ता भने निष्कर्षवीहिन भएको बताए ।...

तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गते तीनकुनेमा भएको घटनालाई राजावादीको हिंसात्मक प्रदर्शन भनेर गलत भाष्य निर्माण गरिएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुनुयोजित रुपमा हिंसात्मक क्रियाकलापको लागि प्रदर्शन गरिएको भए हतियार, बन्दुक प्रर्दशनकारीको साथमा भेटिनुपर्ने हो तर त्यो नभेटिएकाले राजावादीको...

सरकार परिवर्तनको हल्लाले चकित बनायो : मन्त्री डा.राणा

काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तन हुने हल्ला मात्र भएको बताएकी छन् । थाइल्यान्डबाट फर्कने वित्तिकै विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएकी हुन् । सरकार परिवर्तनको हल्लाबारे आफू चकित भएको प्रतिक्रिया दिइन् । परराष्ट्रमन्त्री राणा थाइल्यान्डको बैंककमा २०८२ वैशाख ८ देखि १२ गतेसम्म आयोजित एसिया तथा...

शिक्षकहरूलाई वार्तामा आउन सरकारको आग्रह

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई फेरि वार्तामा बोलाएको छ । गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंको सडकमा प्रदर्शन गरिरहेका छन् । यसैबीच दुई दिन अघिमात्रै नियुक्त भएका शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा बोलाएका हुन् ।    

पूर्वपश्चिम राजमार्ग स्तरउन्नति आयोजनाकाे सार्वजनिक सुनवाईमा हेटौंडा बासीले गरे विरोध

हेटौंडा । पूर्वपश्चिम राजमार्ग स्तरउन्नति आयोजना अन्तर्गतको पतलैया हेटौडा नारायणघाट १०० किलोमिटर सडक खण्ड स्तर उन्नति आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनको सार्वजनिक सुनाई कार्यक्रममा स्थानीयहरूले विरोध गरेका छन्।समाजशास्त्री तथा पुनर्स्थापना विज्ञ रविन ढकालले आफ्नो प्रस्तुतिकरण गर्दै गर्दा स्थानीयहरूले विरोध जनाएका हुन्।सडक स्तरोन्नतिका क्रममा कुल ६८८ वटा निजी संरचना...

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त, शपथ ग्रहण कार्यक्रम बिहीबार हुने

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । पन्तको भोलि बिहीबार शपथ गराउने कार्यक्रम तय भएको छ । शपथको समय भने तय भइनसकेको बताइएको छ । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन्...

कक्षा १२ को परीक्षा सर्यो , वैशाख २१ गतेदेखि परिक्षा गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वैशाख ११ गतेबाट हुने परीक्षा स्थकित गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले परिक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् । शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित...

प्रधानमन्त्रीद्वारा कक्षा १२ को परीक्षा सार्न बोर्डलाई निर्देशन

काठमाडौं । कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परिक्षा बाेर्डलाई  निर्देशन दिनु भएको छ । बालुवाटार प्रधानमन्त्रीलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन्  । यसअघि परीक्षा बोर्डले तोकिएको  समयमा वैशाख ११...

विद्यालयको चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका विद्यालय कर्मचारीलाई २४ घण्टाभित्र चाबी बोकेर काठमाडौंको आन्दोलनमा उपस्थित हुन निर्देशन दिएको छ । परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहका कार्यसमिति तथा सबै विद्यालयका कर्मचारीलाई तत्काल आन्दोलनमा जुट्न उर्दी जारी गरेका...